अध्ययनले देखायो खुर्सानी खाँदा हृदयघातको जोखिम न्यून  « Khabarhub

अध्ययनले देखायो खुर्सानी खाँदा हृदयघातको जोखिम न्यून 


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक अध्ययनले सुर्खानी खाने मानिसमा हृदयघातको जोखिम न्यून हुने देखाएको छ।  इटालीमा गरिएको नयाँ अनुसन्धानले खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा कम हुने देखाएको हो ।

अनुसन्धानकर्ताहरुले नियमित रुपमा खुर्सानी खाँदा मुटुका रोग नलाग्ने तथा हृदयघातबाट ज्यान गुमाउने खतरा कम हुने तथ्य पत्ता लगाएका हुन् ।

खुर्सानी लोकप्रिय परिकारको रुपमा उपयोग गरिँदै आएको इटालीमा गरिएको एक अध्ययनमा २३ हजार जना मानिसहरुमा मर्ने खतराका बारेमा अध्ययन गरिएको थियो ।

अध्ययन गरिएका ती मानिसहरुमा खुर्सानी खाने नखानेहरु दुवै समावेश थिए । उक्त अध्ययनमा सहभागी भएकाहरुको स्वास्थ्य अवस्था र उनीहरुको खानेकुरा खाने आदतका बारेमा आठ वर्षसम्म नियमित अनुगमन गरिएको थियो ।

त्यस दौरानमा अनुसन्धानकर्ताहरुले के थाहा पाए भने हप्ताको कम्तिमा चार पटक खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा ४० प्रतिशत कम भएको देखियो ।

जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित सो अध्ययनको रिपोर्टअनुसार हृदयघातबाट मर्नेहरुको संख्या आधाभन्दा बढी थियो ।

उक्त अध्ययनमा मोली–सानी अध्ययनका तथांकहरु प्रयोग गरिएको थियो । जसमा दक्षिण इटालीका मोलीसे क्षेत्रका २५ हजार जना सहभागीहरु थिए ।

न्यूरोमेडका डिपार्टमेन्ट अफ इपिडेमियोलोजी एण्ड प्रिभेन्सनका डाइरेक्टर तथा भारेसका इन्सुब्रिया युनिभर्सिटीका प्रोफेसर लिसिया लाकोभियेल्लोका अनुसार खुर्सानीको यो लाभदायक तत्वहरु इटालीको खाद्य परम्पराबाट हस्तान्तरण हुँदै आएको छ ।

उक्त अध्ययनमा संलग्न टोलीले अब हाम्रो स्वास्थ्यलाई फाइदा पुुर्याउने खुर्सानीको बायोकेमिकल मेकानिजमका बारेमा अध्ययन गर्ने भएको छ ।

बेलायतको अस्टन मेडिकल कलेजका वरिष्ठ प्रशिक्षक तथा डाइटिसियन डुआने मेल्लोरका अनुसार ‘उक्त अध्ययन रिपोर्ट रोचक छ तर त्यसले खुर्सानीको खुवाइ र त्यसले स्वास्थ्यलाई दिने फाइदाबीचको सम्बन्धलाई चाहिँ औपाचरिक रुपमा देखाउन सकेको छैन ।’

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ९ : ०८ बजे

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका

गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने

काठमाडौं– अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने