टिभिएसको नयाँ स्कुटर जुपिटर ग्रान्डे, पछाडिको ब्रेक लगाउँदा अगाडि आफैं लाग्ने « Khabarhub

टिभिएसको नयाँ स्कुटर जुपिटर ग्रान्डे, पछाडिको ब्रेक लगाउँदा अगाडि आफैं लाग्ने


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईपांग्रे सवारी उत्पादक कम्पनी टिभिएसले जुपिटर स्कुटरको नयाँ उत्पादन बजारमा ल्याएको छ ।

यो स्कुटर ३ प्रकारको वेरियन्ट बेसमा लञ्च गरिएको छ । यो स्कुटर जेडएक्स (डिस्क ड्रम ब्रेक) र क्लासिकमा उपलब्ध छ ।

यो स्कुटरको विशेष फिर्चर्स भनेको सिङ्क ब्रेकिङ सिस्टममा आधारित हुनु हो । सिङ्क ब्रेकिङ सिस्टममा पछाडिको ब्रेक लगाउँदा अगाडिको ब्रेकले पनि आफैं काम गर्छ । जसले गर्दा ब्रेक लगाउनुपरेको अवस्थामा चालकलाई सजिलो हुन्छ ।

यो स्कुटरमा १ सय १० सीसीको इन्जिन छ । जो ५.८८ किलोवाटको पावर र ८ एनएमको टर्क दिन्छ । कम्पनीको दावी अनुसार यो स्कुटरले एक लिटर पेट्रोलमा ६२ किलोमिटरको माइलेज दिन्छ ।

केही हप्ता अगाडि मात्रै भारतमा लञ्च गरिएको स्कुटरको मूल्य नेपालमा पुग्दा १ लाख ९० हजारको आसपास पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  २ : २० बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले