विवाहमा बोलाइएका पाहुनाले ५ हजार तिर्नुपर्ने बेहुलीको शर्त ! « Khabarhub

विवाहमा बोलाइएका पाहुनाले ५ हजार तिर्नुपर्ने बेहुलीको शर्त !


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छरछिमेक वा कोही नातेदारको विवाह छ भन्ने बित्तिकै त्यसमा सहभागी हुन सबैलाई आतुर हुन्छ । अझ विवाह घरका मानिस आफन्त, छरछिमेक, साथिभाई तथा शुभेच्छुक सहभागी हुन भनेर दिल खोलेर निम्तो दिने गर्दछन् ।

विवाहमा सरिक भई धेरै भन्दा धेरै आफन्तले वरबधुलाई आर्शिवाद दिउन् भन्ने चाहना हुन्छ । यसका लागी विवाहको निम्तो दिन आफै पुग्ने देखि उपहार वा नगद नल्याउन समेत अनुरोध गरीन्छ ।

केहि हाइफाइ विवाहमा कार्डसंगै लिएर आउन निर्देश हुन्छ । तर कुनै विवाहमा सरिक भए बापत् शुल्क भने लाग्दैन । तर अमेरिकाको एक विवाहमा सरिक हुन प्रवेश शुल्क लागेको छ ।

२६ बर्षिय एक अमेरिकी युवतीले आफ्नो विवाहमा सरिक हुन निम्तालुसंग प्रवेश शुल्क लिएकि छन् । त्यो पनि साधारण शुल्क होइन, अमेरिकी ५० डलर अर्थात झण्डै ५ हजार ७ सय रुपैयाँ ।

बेहुलीको यस प्रकारको कदमका कारण अधिकाशं निम्तालु उनको विवाहमा सरिक हुन पुगेनन् । यतिमात्र होइन स्वयम् बेहुली कि बहिनी डैण्टि सीप पनि दिदीको विवाहमा गइनन् ।

उनले आफ्नो दिदीलाई निम्तालुबाट शुल्क नलिन सम्झाएकि थिइन् । उनले यस प्रकारको शर्तले निम्तालुको अपमान हुने बताएकि थिइन् । तर बेहुलीले यस प्रकारको सुझाव नमान्दै प्रवेश शुल्क लिन अडान लिइन् ।

आफ्नो विवाहमा आउनेसंग प्रवेश शुल्क लिनुको कारण बारे उनले विवाहमा खर्च भएको रकम असुली गर्ने र अतिथिलाई सन्तोषजनक भोजन गराउने उदेश्य रहेको बताएकि छन् ।

तथापी बेहुलीको यस प्रकारको निर्णयलाई लिएर धेरैले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । धेरैले सामाजिक सञ्जालमा विवाहको खर्च उठाउन नसक्ने भए ठाटका साथ विवाह गर्न नहुने तर्क गरेका छन् । आफै निम्ता गरेका निम्तालुसंग शुल्क लिनु गलत भएको र यो भद्या मजाक भएको धेरैको तर्क छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : २९ बजे

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल