अल्जेरियामा आत्मघाती आक्रमण « Khabarhub

अल्जेरियामा आत्मघाती आक्रमण


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जिर्स– अल्जेरियाको दक्षिणी क्षेत्रमा आत्मघाती कार बम आक्रमण हुँदा १ सैनिक मारिएका छन् । मालीको सीमानजिक दक्षिणी अल्जेरियाको टिमिऔन क्षेत्रमा अल टेरेन भेइकल एटिभी चढी आएको आत्मघातीले आक्रमण गराएको अल्जेरियन अधिकारीले जनाएका छन् ।
हमलाकारी एटिभी चढेर सैनिक ब्यारेक भित्र प्रवेश गर्न खोजेको तर ब्यारेकको सुरक्षाका लागि बसेका गार्डले गाडी रोकेपछि आत्मघाती आक्रमण गराएको थियो । आक्रमणमा ब्यारेकको सुरक्षाका लागि बसेका सैनिक मारिएका हुन् ।

आक्रमणकारीको पहिचान हुन नसकेको बताइएको छ । त्यस्तै, आक्रमणको जिम्मा पनि हालसम्म कुनै समूहले लिइसकेको छैन । अल्जेरियामा केही समय बिराएर आत्मघाती बम आक्रमण हुँदै आएका छन् ।

पछिल्लो पटक अघिल्लो वर्षको अगष्ट महिनामा अल्जेरियाको जनराष्ट्रिय सेनालाई लक्षित गरी आत्मघाती बम आक्रमण भएको थियो । उक्त आक्रमणको जिम्मा आतंककारी संगठन इस्लामिक स्टेटले लिएको थियो ।

विशाल साहारा मरुभूमि रहेको अल्जेरियाको दक्षिणी क्षेत्रमा अल कायदा र इस्लामिक स्टेटसहित धेरै आतंककारी र लडाकु समूह सक्रिय छन् ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ३ : ५० बजे

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

कास्की – पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस

रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते

रौतहट- सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

सिरहा – सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख