अस्ट्रेलियामा परेको ठूलो पानीले डढेलो निभाइदिने आशा « Khabarhub

अस्ट्रेलियामा परेको ठूलो पानीले डढेलो निभाइदिने आशा


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियामा डढेलोबाट सबैभन्दा धेरै प्रभावित न्यू साउथ वेल्स राज्यमा केही दिनयता परेको ठूलो पानीले त्यहाँ अझै बलिरहेका डढेलो निभाइदिने आशा बढेको छ।

शुक्रवारदेखि आगलागीबाट प्रभावित क्षेत्रमा वर्षौँयताको भीषण वर्षा भएको छ। वर्षाले धेरै ठाउँमा बाढी निम्त्यायो तथा जनजीवन प्रभावित भयो।

केही स्थानबाट सयौँ मानिसलाई उद्धार गर्नुपरेको थियो। ठूलो पानीले ३० वटा विभिन्न डढेलो निभाइदिएको छ।

सिड्नीको उत्तर र दक्षिणमा नोभेम्बर महिनादेखि बलिरहेको ‘विशाल डढेलो’ निभेका छन्। ती प्रत्येक डढेलोले पाँच-पाँच लाख हेक्टर क्षेत्रफल प्रभावित पारेको बीबीसीले जनाएको छ ।

न्यू साउथ वेल्सको अग्नि नियन्त्रक निकायका अनुसार त्यहाँ अझै चारवटा डढेलो भने अनियन्त्रित ढङ्गले बलिरहेको छ। सो राज्यभरि कुल २४ डढेलो अझै बलिरहेका छन्। अग्नि नियन्त्रक निकायका प्रवक्ताले मौसम पूर्वानुमानअनुसार अब बाँकी डढेलो छिट्टै निभ्ने ठानिएको बताए।

‘यो साताको अन्त्यसम्ममा अनियन्त्रित डढेलो एउटा पनि बाँकी नरहने आशा गरेका छौँ,’ उनले भने।

अस्ट्रेलियाका ठूल्ठूला झाडीक्षेत्रमा यसपालि लागेको डढेलो अत्यन्तै डरलाग्दा थिए। ती डढेलोबाट न्यू साउथ वेल्समा सबभन्दा धेरै प्रभाव पर्‍यो।

अभूतपूर्व आकार र सघनतासहितका ज्वालाहरू जलवायु परिवर्तनको असरको परिणाम भएको वैज्ञानिकहरूले बताएका थिए। तापक्रम बढ्दै जाँदा देशभरि झन् सुक्खा देखा परेको थियो।

अस्ट्रेलियाभरिमा डढेलोका कारण ३३ जनाको ज्यान गयो भने हजारौँ घर नष्ट भए। कुल एक करोड १० लाख हेक्टर जमिन डढेलोको चपेटामा परेको थियो। यो क्षेत्रफल इङ्ग्ल्यान्डको कुल क्षेत्रफल बराबर हो।

सबभन्दा भीषण वर्षा मङ्गलवार नै भइसक्ने भए पनि बाँकी दिनमा पनि सचेत रहन भनिएको छ। शुक्रवारयता सिड्नी सहरमा ३९१.६ मिलिमिटर पानी परेको छ। मौसम विभागका त्यो सामान्यतया चार महिनामा पर्ने मात्रा हो।

न्यू साउथ वेल्स राज्यका आपत्कालीन सेवाका कर्मचारीहरूले ठाउँठाउँमा रूख ढलेको, घरभित्र भेल पसेको तथा सार्वजनिक यातायात अवरुद्ध भएकोबारे सोमवारदेखि १० हजार सन्देश आएको बताए।

सयौँ मानिसहरूको उद्धार गरिएको थियो भने राज्यको उत्तरी क्षेत्रमा एक मानिसलाई बाढीग्रस्त नदीको छेउमा भएको एउटा रूखमा बसिरहेको अवस्थामा उद्धार गरियो।

बाढीले बगाएपछि रूखको सहारामा उनी १० घण्टादेखि त्यहाँ बसिरहेका थिए।

सोमवार रातिदेखि पानी पर्ने क्रममा केही कमी आएपछि उद्धारकर्मीहरूले तटीय क्षेत्रका पहिरो पन्छाउन थालेका छन् भने एक लाख घरमा बिजुली पुनर्स्थापित गर्दैछन्।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १० : २५ बजे

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई