चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने « Khabarhub

चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको चपेटामा रहेको चीनको युहानमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश फर्काइने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन ३ गते शनिबार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फकाईने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राखिने छ । चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको बताए ।

पहिलो चरणमा १ सय ८५ जनालाई स्वदेश ल्याइन लागिएको मन्त्री ढकालको जानकारी दिए ।

सरकारले चीनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि लामो समयसम्म छलफल गरेपनि राख्ने ठाउँको टुंगो लगाउन नसक्दा उनीहरुलाई स्वदेश ल्याउने मिति तय गर्न सकेको थिएन ।

चीनबाट स्वदेश फर्काइने नेपालीहरुलाई सुरक्षित तवरले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने व्यवस्था मिलाएसँगै सरकारले उनीहरुलाई फागुन ३ गते नेपाल ल्याउने टुंगो लगाएको हो ।

चीनबाट स्वदेश फर्किनका लागि १ सय ८० जनाले आवेदन समेत दिइसकेका छन् । उनीहरुले आफूहरु चीनमा हालसम्म सुरक्षित रहेको भन्दै चाँडो भन्दा चाँडो नेपाल सरकारले उद्दार गरोस् भन्ने आग्रह गर्दै आएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ५ : ३१ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु