१०८ फिट अग्लो व्यासमूर्ति बनाउन साढे तीन करोड सङ्कलन « Khabarhub

१०८ फिट अग्लो व्यासमूर्ति बनाउन साढे तीन करोड सङ्कलन


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- १०८ फिट अग्लो व्यासमूर्ति निर्माणका लागि जनस्तरबाट रकम सङ्कलन गर्ने उद्देश्यसहित तनहुँको दमौलीमा आयोजना गरिएको महायज्ञबाट करिब तीन करोड ५० लाख सङ्कलन भएको छ ।

व्यासक्षेत्र शिवपञ्चायन विकास कोषको आयोजनामा माघ २० गतेबाट शुरु भएको महायज्ञबाट करिब साढे तीन करोड रकम सङ्कलन भएको हो ।

महायज्ञबाट अनुमान गरेबमोजिम नै रकम सङ्कलन भएको विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए ।

‘आफ्नो ठाउँको विकासका लागि स्थानीयवासी नै जागरुक भएर लाग्नुपर्छ भन्ने लक्ष्य बोकेर महायज्ञ आयोजना गरेका थियौँ’, श्रेष्ठले भने, ‘महायज्ञमा सबै क्षेत्रबाट प्रतिनिधित्व भएको महसुस भएको छ ।’

व्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ परिचित गराउने उद्देश्यले सो मूर्ति बनाउन खोजिएको हो । मूर्ति बनाउन आवश्यक पर्ने तामाका लागि स्थानीयवासीको घर–घरमा पुग्ने अभियान सञ्चालन गरिनेछ ।

‘पुराना तामाका सामग्री सङ्कलन गर्न घरदैलो अभियान सञ्चालन गरिनेछ, इट्टा व्यवसायी, ढुङ्गा व्यवसायीसँग पनि निर्माण सामग्री सहयोग माग गर्ने योजना रहेको छ’, श्रेष्ठले भने।

महायज्ञको आज समापन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मूर्ति निर्माणका लागि प्रदेश सरकारको तर्फबाट पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

व्यासमूर्ति निर्माणका लागि बनाइएको गुरुयोजनाअनुसार सबै संरचना बनाउन ६४ करोड खर्च हुनेछ । मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब ७० लाख सङ्कलन भएको थियो ।

रकममध्ये १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान रहेको विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : २४ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल