१०८ फिट अग्लो व्यासमूर्ति बनाउन साढे तीन करोड सङ्कलन « Khabarhub

१०८ फिट अग्लो व्यासमूर्ति बनाउन साढे तीन करोड सङ्कलन


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- १०८ फिट अग्लो व्यासमूर्ति निर्माणका लागि जनस्तरबाट रकम सङ्कलन गर्ने उद्देश्यसहित तनहुँको दमौलीमा आयोजना गरिएको महायज्ञबाट करिब तीन करोड ५० लाख सङ्कलन भएको छ ।

व्यासक्षेत्र शिवपञ्चायन विकास कोषको आयोजनामा माघ २० गतेबाट शुरु भएको महायज्ञबाट करिब साढे तीन करोड रकम सङ्कलन भएको हो ।

महायज्ञबाट अनुमान गरेबमोजिम नै रकम सङ्कलन भएको विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए ।

‘आफ्नो ठाउँको विकासका लागि स्थानीयवासी नै जागरुक भएर लाग्नुपर्छ भन्ने लक्ष्य बोकेर महायज्ञ आयोजना गरेका थियौँ’, श्रेष्ठले भने, ‘महायज्ञमा सबै क्षेत्रबाट प्रतिनिधित्व भएको महसुस भएको छ ।’

व्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ परिचित गराउने उद्देश्यले सो मूर्ति बनाउन खोजिएको हो । मूर्ति बनाउन आवश्यक पर्ने तामाका लागि स्थानीयवासीको घर–घरमा पुग्ने अभियान सञ्चालन गरिनेछ ।

‘पुराना तामाका सामग्री सङ्कलन गर्न घरदैलो अभियान सञ्चालन गरिनेछ, इट्टा व्यवसायी, ढुङ्गा व्यवसायीसँग पनि निर्माण सामग्री सहयोग माग गर्ने योजना रहेको छ’, श्रेष्ठले भने।

महायज्ञको आज समापन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मूर्ति निर्माणका लागि प्रदेश सरकारको तर्फबाट पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

व्यासमूर्ति निर्माणका लागि बनाइएको गुरुयोजनाअनुसार सबै संरचना बनाउन ६४ करोड खर्च हुनेछ । मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब ७० लाख सङ्कलन भएको थियो ।

रकममध्ये १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान रहेको विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ९ : २४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर