सुडानका पूर्व राष्ट्रपति बशीरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाइने « Khabarhub

सुडानका पूर्व राष्ट्रपति बशीरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाइने


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुडानका शासकहरुले पूर्व राष्ट्रपति ओमार अल बशीरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाउने तयारी गरेका छन ।

गृहयुद्ध चलिरहँदा १७ बर्षअघि गरिएको भनिएको लाखौं मानिसको नरसंहारको आरोपमा सुडानका पूर्वराष्ट्रपति ओमर अल बसिरलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा बुझाइने भएको छ ।

३० बर्षको शासन सत्ता गत अप्रिलमा च्यूत भएपछि आर्थिक घोटला तथा भ्रष्टाचार अभियोगमा दुई बर्षको जेल सजाय भोगिरहेका बशीरलाई फौजदारी अदालतमा बुझाउने तयारी गरिएको हो ।

डार्फर द्वन्द्वका बेला युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतले बशीरलाई यसअघि दोषी पनि ठहर्‍याईस केको छ।

तत्कालीन सैनिक परिषद्‍ले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोगको सामना गर्नका निम्ति बशीरलाई सुपुर्दगी नगर्ने बताए पनि सुडानको राजनीतिक नेतृत्व सुपर्दगी गर्न सहमत भएको हो ।

आफू शासनसत्तामा हुँदा बशीरले गृहयुद्ध समाप्त पार्ने नाममा सन् २००३ मा सुडानको डार्फरमा ३ लाख मानिस मार्न निर्देशन दिएको आरोप लगाइएको छ ।

सुडानको गृह युद्ध समाप्त भएर शान्तिको अवस्थामा प्रवेश गरिरहँदा तत्कालीन क्रुर सत्ताले जनतालाई गरेको अन्यायकाविरुरुद्ध बर्तमान सरकार लड्ने सुडान सरकार प्रवक्ता मोहम्मद हसन अल ताइशीले जनाएका छन ।

ताइशीले भने ‘जनतालाई न्याय दिलाउन नसकिए द्वन्द्वका घाउ निको पार्न सकिदैन् त्यसका लागि सरकार प्रतिवद्ध छ ।’

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ६ : ३३ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग