विद्रोहीको आक्रमणमा ५१ सिरियाली सैनिक मारिएको टर्कीको दाबी « Khabarhub

विद्रोहीको आक्रमणमा ५१ सिरियाली सैनिक मारिएको टर्कीको दाबी


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अंकारा– सिरियामा बसर अल असद सत्ताविरुद्ध युद्धरत विद्रोही समूहले सिरियाली सेनाविरुद्ध गरेको कारवाहीमा ५१ सिरियाली सैनिक मारिएको टर्कीले दाबी गरेको छ ।

युद्धक्षेत्रमा रहेको श्रोतलाई उद्धृत गर्दै टर्कीको रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा विद्रोहीको आक्रमणबाट ५१ सिरियाली सैनिक मारिएको दाबी गरिएको छ ।

त्यस्तै, विज्ञप्तिमा विद्रोही फौजले सिरियाली सेनाको हतियार भण्डार र दुई वटा ट्यांक समेत नष्ट पारेको दाबी गरिएको छ ।

टर्किस सेनाको बमबारीको सहयोगमा सिरियाली विद्रोहीले सेनाविरुद्ध इडलिब प्रान्तको नयरब शहरमा हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि सिरियाली सेनाले राजधानी दमास्कसलाई मुलुकको दोश्रो ठूलो शहर अलेप्पोसँग जोड्ने राजमार्गलाई सन् २०१२ यता विद्रोही फौजबाट पूर्ण रुपमा नियन्त्रणमा लिइएको सिरियाली सञ्चारमाध्यमले दाबी गरेको थियो ।

सिरियाली सेनाले उक्त राजमार्ग पूर्ण रुपमा नियन्त्रणमा लिएपछि टर्किस सेनाको बमबारीको मद्दतमा सिरियाली विद्रोहीले नयरब शहरमा आक्रमण गरेका थिए । त्यस्तै, विद्रोहीले सिरियाली सेनाको हेलिकोप्टर खसालेको समेत दाबी गरेका थिए ।

गत डिसेम्बर महिनामा सिरियाली सेनाले इडलिब–अलेप्पो क्षेत्रमा थालेको कारवाहीयता हजारौं वर्गकिलोमिटर भूभाग नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : ३० बजे

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक

काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय