सिन्धुपाल्चोकमा कोरोना नभइ मौसमी रुघाखोकीको सम्भावना, बिरामीको संख्या २ सय बढी « Khabarhub

सिन्धुपाल्चोकमा कोरोना नभइ मौसमी रुघाखोकीको सम्भावना, बिरामीको संख्या २ सय बढी


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले सिन्धुपाल्चोकमा देखिएका बिरामीमा कोरोना नभइ मौसमी रुघाखोकीको सम्भावना रहेको जनाएको छ ।

चीन गएका वा चीनबाट अएका मान्छेहरुसँग  बिरामीहरुको कुनै सम्पर्क नभएको हुँदा संचार माध्यममा प्रचार-प्रसार गरिए जस्तो उनीहरुमा नोवेल कोरना भाइरस नभई मौसमी रुघाखोकी नै हुन सक्ने सम्भावना बढि भएको महाशाखाले जनाएको हो ।

महाशाखाको टोली आजै  बिरामीहरुको नमुना परीक्षणका प्रभावित क्षेत्रमा पुगेको हो।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ३ गुम्वामा फैलिएको रुघाखोकीबाट हालसम्म दुई सय बढी बिरामी देखिएका छन् । उनीहरुको गुम्वास्थित सामुदाियक स्वास्थ्य इकाइमा उपचार भइरहेको छ ।

उनीहरुलाई अस्पताल नै भर्ना गर्नुपर्ने र अन्यत्र रिफर गर्नुपर्ने अवस्था समेत नरहेको चिकित्सकहरुले जनाएका छन् । बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रबाट डा. पिताम्बर खनालसहित २ जना स्वास्थ्यकर्मी, जुगल गाउपालिकाबाट स्वास्थ्य शाखा प्रमुख अनिल साउद सहित ३ जनाकाो टोली र चौतारा अस्पतालबाट २ जना चिकित्सक र २ जना प्रयोगशाला प्राविधिक गरि ४ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट १ जना प्राविधिक टोली खटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्वासप्रश्वासको संक्रमणको परिक्षणद्वारा एकिन गर्नका लागि आवश्यक घाँटीको र्‍यालको नमूना संकलन गर्नका आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामार्फत पठाइएको हो।

बिरामीहरुलाई रुघाखोकी र चिसोबाट बच्ने उपायबारेमा स्वास्थ्य शिक्षा समेत प्रदान गरिएको छ । कोरोनाको लक्षण जस्तै देखिएका बिरामी बढ्न थालेपछि जुगल गाउँपालिकाले मंगलबार जुगल गाउँपालिकाले सम्बन्धित निकायमा पत्राचार समेत गरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ६ : २२ बजे

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन– सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी