सल्यानमा हातहतियार बोकेको सेनाको गाडी दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

सल्यानमा हातहतियार बोकेको सेनाको गाडी दुर्घटना, एक जनाको मृत्यु


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सल्यान–  सल्यानमा हातहतियार बोकेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

सल्यानबाट बुटवलतर्फ आउँदै गरेको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता उमाकान्त जोशीले जानकारी दिए।

दुर्घटनामा परी मेजर ईश्वर सिलवाल,सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर,विपिन श्रेष्ठ, हबल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना अवस्था गम्भीर घाइते भएका छन्।

दुर्घटनामा घाइते चार जनाको उद्धार गरी दाङ पठाइएको छ। दुई जना हराइरहेको जनाइएको छ। गाडी करिब ५ सय मिटर तल खसेको छ। गाडीमा हतियार र बम भएकोले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठडामाडौ‌ ल्याउनका लागि सेनाको हेलिकोप्टर पठाइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ६ : ५८ बजे

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका