अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ छायांकनको तयारीमा « Khabarhub

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ छायांकनको तयारीमा


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिलेका चल्तीका कलाकार अनमोल केसी र सुहाना थापाको फिल्म ‘ए मेरो हजुर ४’ फागुन १३ गतेदेखि फ्लोरमा जाने भएको छ ।

निर्देशक झरना थापाले ‘ए मेरो हजर ४’ को कार्यशाला चलिरहेको र अब छायांकनमा जाने तयारीमा रहेको बताइन् । खबरहबसँग उनले भनिन्, ‘फिल्मको अरु काम सकिएको छ, वर्कशपमा लागेका छौं, अब भने फ्लोरमा जाने मिति तय गरेका छौं ।’

यो फिल्ममा अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहनेछ । यसअघि यो जोडीलाई ‘ए मेरो हजुर ३’ मा देखिएको थियो । दर्शकले यो अनस्किृन जोडीलाई रुचाएका थिए । फिल्मलाई झरना थापाले नै निर्देशन गरेकी थिइन् ।

यसैबीच अभिनेता भुवन केसीले अनमोल केसीकै शीर्ष भूमिका रहने ‘एन्टीहिरो’ वैशाख १ गतेदेखि फ्लोरमा जाने बताए । यो फिल्ममा अनमोल र जसिता गुरुङको रोमान्स देख्न सकिनेछ ।

बुधवार फिल्म ‘लभ डायरिज’ को प्रिमियरमा फिल्म हेरिसकेपछि प्रतिक्रिया दिने क्रममा भुवनले भने, ‘वैशाख १ गतेदेखि एन्टीहिरो छायांकनमा जानेछ, अनमोलका दुई फिल्ममध्ये कुन पहिले रिलिज हुने भन्नेमा चाहिँ हामीले पछि सल्लाह गर्छौं ।’

झरना थापाले ‘ए मेरो हजुर ४’ भदौतिर आउने संकेत गरिन् । उनले यो फिल्म मनोरञ्जनसहितको लभस्टोरी प्याकेज हुने पनि बताइन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : ०४ बजे

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल