यस्तो छ पल र पूजाको फिल्म ‘म यस्तो गीत गाउँछु २’ ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ पल र पूजाको फिल्म ‘म यस्तो गीत गाउँछु २’ ट्रेलर (भिडियो)


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर रिलिज गरिएको छ । राजधानीको क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलर युट्युबमार्फत समेत सार्वजनिक गरिएको छ ।

ट्रेलरप्रति दर्शकले माया दर्शाएका छन् । अपलोड गरिएको केही समयमै फिल्मको ट्रेलरमा हजारौं प्रतिक्रिया आएका छन् ।

ट्रेलरमा पल शाह र पूजा शर्मालाई केन्द्रीय भूमिकामा देखाइएको छ । फिल्ममा पल शाह एक गायकको भूमिकामा देखिएका छन् ।

लभस्टोरी फिल्म बनाउन माहिर सुदर्शन थापाले फिल्मको स्तरीयतामा मेहनत गरेको ट्रेलरमा झल्किन्छ ।

पल र पूजाका अलावा हरिहर शर्मा, राजा राजेन्द्र, गणेश गिरी, सोनिका रोकाया लगायतका कलाकारको शीर्ष भूमिका रहेको फिल्मलाई सौरभ लामाले छायांकन गरेका हुन् ।

फिल्ममा निर्देशक थापाको कथा छ भने स्किृप्ट शिवम् अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् ।

वनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको यो फिल्ममा पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको छ । यो फिल्म फागुन ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ३ : ०९ बजे

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच

बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

काठमाडौं– सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी

कुमारी बैंकले दियो गौमुलका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

एजेन्सी– इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्‍टि कार्यक्रमअन्तर्गत