चीनले हिन्द प्रशान्त क्षेत्रमा अस्थीरता बढायो : वरिष्ठ अमेरिकी सैन्य कमाण्डर | Khabarhub Khabarhub

चीनले हिन्द प्रशान्त क्षेत्रमा अस्थीरता बढायो : वरिष्ठ अमेरिकी सैन्य कमाण्डर


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– चीनले हिन्द प्रशान्त क्षेत्रमा अस्थीरतालाई बढाएको हिन्द प्रशान्त क्षेत्रका लागि वरिष्ठ अमेरिकी सैनिक कमाण्डरले आरोप लगाएका छन् ।

अष्ट्रेलियाको सिड्नी शहरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाको हिन्द प्रशान्त कमाण्डका कमाण्डर एडमिरल फिलिप डेभिडसनले चीनले प्रशान्त क्षेत्रका स–साना टापुहरुको सार्वभौमिकतालाई खतरामा पारेर अस्थीरता बढाएको आरोप लगाएका हुन् ।

चीनको अत्यधिक भौगोलिक दाबी, ऋणपासो कूटनीति, अन्तर्राष्ट्रिय सन्धी सम्झौताको उल्लङ्घन, अन्तर्राष्ट्रिय सम्पत्तिको चोरी, सैनिक संत्रास र अत्यधिक भ्रष्टाचार लगायतबाट क्षेत्रीय अस्थीरता बढाएको एडमिरल डेभिडसनको भनाइ छ ।

‘चीनको कम्युनिष्ट पार्टीले हिन्द–प्रशान्त क्षेत्रको व्यापार, वित्त, सञ्चार, राजनीति र जीवनशैलीको बहावलाई नियन्त्रण गर्न चाहिरहेको छ’ उनले भने ।

पछिल्लो समय चीन र अमेरिकाबीच व्यापार युद्ध केही शान्त भएजस्तो देखिएका बेला आएको वरिष्ठ अमेरिकी सैनिक कमाण्डरको भनाइबाट चीन चिढिने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले यसअघि पनि यस्तै किसिमका अमेरिकी आरोप खण्डन गर्दै आएको थियो ।

पछिल्लो समय चीन उर्जा र खनिज पदार्थमा धनी मानिने दक्षिण प्रशान्त क्षेत्रमा रहेका स–साना टापु मुलुकहरुमा आफ्नो प्रभाव बढाउन हर तवरबाट लागिरहेको बताइन्छ । त्यसबाहेक चीनले दक्षिण चीन सागरको अधिकांश जलक्षेत्रमा पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

यस क्षेत्रमा बढ्दो चिनियाँ प्रभावबाट चिन्तित अमेरिकाको सबैभन्दा नजिकको साझेदार मुलुक अष्ट्रेलियाले प्रशान्त क्षेत्रमा रहेका स–साना टापु मुलुकहरुलाई सहयोग गर्न सन् २०१८ मा ३ अर्ब अष्टे«लियन डलर बराबरको कोष स्थापना गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ५ : १६ बजे

नेपाललाई नेदरल्यान्ड्सले दियो १ सय ७५ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई

गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने

कास्की – पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेटमा नवलपुर

इरानले ठूलो मूल्य चुकाउनु पर्ने नेतन्याहूको चेतावनी

जेरुसेलम – बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण

श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण

सुनसरी – बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुका

नेपालविरुद्ध नेदरल्याण्ड्सका माइकल लेविटको अर्धशतक

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालविरुद्ध ब्याटिङ