जब विवाहको प्रस्ताव 'गुगल म्याप'मै देखियो ! | Khabarhub Khabarhub

जब विवाहको प्रस्ताव ‘गुगल म्याप’मै देखियो !


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ३२ वर्षे स्टेफेन स्वार्ज पेसाले पार्ट टाइम किसान हुन् । गत वर्ष उनले आफ्नी प्रमिकालाई विवाह प्रस्ताव गर्न केही फरक शैली अपनाएका थिए ।

उनले आफ्नो मकैबारीमा जर्मन भाषामा ‘के तिमी मसँग विवाह गर्छ्यौं’ भन्ने शब्दको आकारमा मकै रोपेका थिए ।

मकै उम्रिएर बढ्दै गएपछि उनले आफ्नी प्रेमिकालाई ड्रोन ल्याएर आफ्नो मकैबारीमा उडाउन लगाए ।

शुरुमा त ड्रोन कम उचाईमा उडिरहेका कारण उनकी प्रमिकाले त्यो प्रस्ताव पढ्न पाइनन् तर, जब ड्रोनले उचाई लियो अनी उनकी प्रमिकाले त्यो रोमान्टिक प्रस्ताव पढिन्, त्यसपछि भने स्वार्जकी प्रेमिका विवाहका लागि राजी भइन् ।

आफ्नी प्रमिकालाई विवाहको प्रस्ताव गर्न स्वार्जले लगाएको मकै एक्कासी गुगल म्यापमा देखिन पुगेपछि भने भने अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

शुरुमा त उनले गुगल म्यापमा मकै देखिए नदेखिएको वास्तै गरेका थिएनन् । तर, क्यानाडामा बस्ने उनकी काकीले उनलाई गुगल म्यापको स्क्रिनसट पठाएपछि भने उनी छक्कै परेका थिए ।

जर्मनीको हुटेनबर्ग क्षेत्रमा ५ हेक्टरमा मकै लगाएर विवाह प्रस्ताव गरेका उनले आउँदो जुन महिनामा विवाह गर्ने तयारी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ७ : ०९ बजे

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको