फ्राइडे रिलिज: सुशील र रुबिनाको 'लभ डायरिज' हलमा | Khabarhub Khabarhub

फ्राइडे रिलिज: सुशील र रुबिनाको ‘लभ डायरिज’ हलमा


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि सौरभ चौधरी निर्देशित फिल्म ‘लभ डायरिज’ प्रदर्शनमा आएको छ । पछिल्लो समय चर्चामा रहेको यो फिल्म प्रणय दिवसको अवसर पारेर प्रदर्शनमा आएको हो ।

फिल्ममा सुशील श्रेष्ठ, विश्वजित रिमाल र रुबिना थापाको शीर्ष भूमिका रहेको छ । प्रेमकथामा आधारित यो फिल्मको बुधवार राजधानीमा प्रिमियर समेत गरिएको थियो । प्रिमियरमा कलाकारले मन पराएको प्रतिक्रिया दिएका थिए ।

सुशील र रुबिनाको जोडी बाँधिएको प्रेमकथामा आधारित यो फिल्ममा प्रेम, विछोड र रोमान्सलाई देखाइएको छ । फिल्ममा विश्वजीत रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारले समेत अभिनय गरेका छन् । फिल्मका लगानीकर्ता विनोद सापकोटा हुन् ।

यस्तै फिल्ममा सञ्जय लामाको छायांकन, मिलन श्रेष्ठ र दीर्घ खड्काको सम्पादन तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ११ : ११ बजे

आज विश्व बिरामी सुरक्षा दिवस मनाइँदै

काठमाडौं– आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि मनाइँदै

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय