‘क्वारेन्टाइन’ र ‘रिहर्सल’का दृश्य खिच्न नदिनुले सरकारको तयारीमाथि आशंका ! « Khabarhub

‘क्वारेन्टाइन’ र ‘रिहर्सल’का दृश्य खिच्न नदिनुले सरकारको तयारीमाथि आशंका !


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चीनबाट ल्याइने नेपालीहरुलाई कसरी सुरक्षितरुपमा विमानस्थलबाट खरिपाटीसम्म लैजाने र कसरी राखिने भन्ने विषयमा आज गरेको ‘रिहर्सल’का दृश्य सञ्चारकर्मीलाई खिच्न रोक लगाएपछि उनीहरुले सरकारको तयारीबारे आशंका उब्जिएको जनाएका छन् ।

आज गरिएको  ‘रिहर्सल’का दृश्य खिच्न रोक लगाइनु र प्रवेशमा निषेध गर्दै अभद्र व्यवहार गर्नु उचित नरहेको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बताए ।

उनले भने, “सञ्चारकर्मीले लोकतन्त्रको प्रत्याभूति कहिले गर्ने ? जनताले कस्तो ठाउँमा चीनबाट ल्याइएकालाई राखिँदै छ भन्ने जानकारी दिनुको सट्टा उल्टै लुकाउने काम भएको छ, यसले सरकारको तयारीबारे शङ्का जन्माएको छ ।”

भक्तपुरको खरिपाटीमा भएको ‘रिहर्सल’ को तस्बिर र भिडियो लिन गएका सञ्चारकर्मीमाथि सुरक्षाकर्मीले रोक लगाउनुका साथै अभद्र व्यवहार गरेका थिए ।

सञ्चारकर्मीलाई प्राधिकरणको मूलद्वारबाटै रोक लगाउनुका साथै सञ्चारकर्मीलाई सुरक्षाकर्मीले हातपातको प्रयास गरेपछि प्रहरी र सञ्चारकर्मीबीच विवाद चर्किएको थियो ।

सञ्चारकर्मीले विरोध गरेपछि क्वारेन्टाइन स्थल अगाडिसम्म प्रवेश गर्न दिइए पनि क्वारेन्टाइनको तस्बिर भने खिच्न रोक लगाइएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ७ : ३४ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष