‘क्वारेन्टाइन’ र ‘रिहर्सल’का दृश्य खिच्न नदिनुले सरकारको तयारीमाथि आशंका ! « Khabarhub

‘क्वारेन्टाइन’ र ‘रिहर्सल’का दृश्य खिच्न नदिनुले सरकारको तयारीमाथि आशंका !


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चीनबाट ल्याइने नेपालीहरुलाई कसरी सुरक्षितरुपमा विमानस्थलबाट खरिपाटीसम्म लैजाने र कसरी राखिने भन्ने विषयमा आज गरेको ‘रिहर्सल’का दृश्य सञ्चारकर्मीलाई खिच्न रोक लगाएपछि उनीहरुले सरकारको तयारीबारे आशंका उब्जिएको जनाएका छन् ।

आज गरिएको  ‘रिहर्सल’का दृश्य खिच्न रोक लगाइनु र प्रवेशमा निषेध गर्दै अभद्र व्यवहार गर्नु उचित नरहेको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बताए ।

उनले भने, “सञ्चारकर्मीले लोकतन्त्रको प्रत्याभूति कहिले गर्ने ? जनताले कस्तो ठाउँमा चीनबाट ल्याइएकालाई राखिँदै छ भन्ने जानकारी दिनुको सट्टा उल्टै लुकाउने काम भएको छ, यसले सरकारको तयारीबारे शङ्का जन्माएको छ ।”

भक्तपुरको खरिपाटीमा भएको ‘रिहर्सल’ को तस्बिर र भिडियो लिन गएका सञ्चारकर्मीमाथि सुरक्षाकर्मीले रोक लगाउनुका साथै अभद्र व्यवहार गरेका थिए ।

सञ्चारकर्मीलाई प्राधिकरणको मूलद्वारबाटै रोक लगाउनुका साथै सञ्चारकर्मीलाई सुरक्षाकर्मीले हातपातको प्रयास गरेपछि प्रहरी र सञ्चारकर्मीबीच विवाद चर्किएको थियो ।

सञ्चारकर्मीले विरोध गरेपछि क्वारेन्टाइन स्थल अगाडिसम्म प्रवेश गर्न दिइए पनि क्वारेन्टाइनको तस्बिर भने खिच्न रोक लगाइएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ७ : ३४ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,