हैटीको अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु « Khabarhub

हैटीको अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हैटीको एक अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । राजधानीको बाहिरी क्षेत्रमा रहेको अनाथालयमा आगलागी भएको हो ।

आगलागीको कारण खुलेको छैन । तर विद्युत नहुँदा प्रयोग भएको मैनबत्तिका कारण आगलागी भएको हुन सक्ने स्थानीय अधिकारीले बताएका छन् ।

अमेरिकाको क्रिष्टियन समूहले सञ्चालन गरेको सो अनाथालयले औपचारिक मान्यता भने पाएको थिएन । हैटीमा आधिकारिक स्वीकृति बिना नै सञ्चालन भएका यस्ता धेरै अनाथालय छन् ।

जीवित रहेका बालबालिकाहरुलाई सहयोग गर्ने तथा उनीहरुका लागि बासको व्यवस्था गर्ने प्रक्रिया जारी रहेको स्थानीय अधिकारीले बताएका छन् । आगलागी भएका बेला सो अनाथालयमा ६० जना बालबालिका थिए ।

अमेरिकाको पेन्सिलभेनियाको चर्चले सो अनाथालय सञ्चालन गर्दै आएको थियो । राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिणमा रहेको अनाथालयमा बिहीबार बेलुका आगलागी भएको हो ।

जेनेटर बिग्रिएपछि उज्यालोका लागि मैनबत्ति बालिएको थियो । त्यसैबाट आगलागी शुरु भएको अनाथालयका अधिकारीले बताएका छन् । दुईजनाको घटनास्थलमै तथा निसास्सिएका १३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ११ : २७ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।