विप्लव नेकपा प्रतिबन्ध : कांग्रेसलाई रुवाबासी नगर्न प्रधानमन्त्रीको आग्रह « Khabarhub

विप्लव नेकपा प्रतिबन्ध : कांग्रेसलाई रुवाबासी नगर्न प्रधानमन्त्रीको आग्रह


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएकोमा रुवाबासी नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । चन्द समूह मान्यताप्राप्त संस्था नभएकाले सरकारले नचिन्ने अनाधिकृत समूह मात्रै भएको प्रधानमन्त्री ओलीले जनाए ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ उनले बम पड्काउने, चन्दा आतंक फैल्याउने लगागतका आपराधिक गतिविधि गरेकाले सो समूहलाई प्रतिबन्ध लगाउने निर्णय लिनु परेको पनि स्पष्ट पारे । यस्ता आपराधिक गतिविधिमा संलग्न समूहलाई प्रतिवन्ध लगाउँदा आफूहरु लोकतान्त्रिक पार्टी र नेताहरु भन्नेको रुवाबासी किन ? प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले देशमा धम्क्याउने, लुटपाट गर्ने छुट कसैलाई नभएको पनि बताए । उनले फरक प्रसंगमा मन्त्रीमण्डल हेरफेर गर्ने कुनै योजना नभएको पनि स्पष्ट पारे । उनले भने, ‘एउटा मन्त्रालय खाली छ । त्यसलाई पूर्णता दिने एउटा कुरा हो । तर मन्त्रीमण्डल हेरफेरको कुनै योजना छैन ।’

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : ०५ बजे

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।