विप्लव नेकपा प्रतिबन्ध : कांग्रेसलाई रुवाबासी नगर्न प्रधानमन्त्रीको आग्रह | Khabarhub Khabarhub

विप्लव नेकपा प्रतिबन्ध : कांग्रेसलाई रुवाबासी नगर्न प्रधानमन्त्रीको आग्रह


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएकोमा रुवाबासी नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । चन्द समूह मान्यताप्राप्त संस्था नभएकाले सरकारले नचिन्ने अनाधिकृत समूह मात्रै भएको प्रधानमन्त्री ओलीले जनाए ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ उनले बम पड्काउने, चन्दा आतंक फैल्याउने लगागतका आपराधिक गतिविधि गरेकाले सो समूहलाई प्रतिबन्ध लगाउने निर्णय लिनु परेको पनि स्पष्ट पारे । यस्ता आपराधिक गतिविधिमा संलग्न समूहलाई प्रतिवन्ध लगाउँदा आफूहरु लोकतान्त्रिक पार्टी र नेताहरु भन्नेको रुवाबासी किन ? प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले देशमा धम्क्याउने, लुटपाट गर्ने छुट कसैलाई नभएको पनि बताए । उनले फरक प्रसंगमा मन्त्रीमण्डल हेरफेर गर्ने कुनै योजना नभएको पनि स्पष्ट पारे । उनले भने, ‘एउटा मन्त्रालय खाली छ । त्यसलाई पूर्णता दिने एउटा कुरा हो । तर मन्त्रीमण्डल हेरफेरको कुनै योजना छैन ।’

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : ०५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : पाकिस्तान सुपर फोरमा, यूएई समूह चरणबाट बाहिरियो

काठमाडौं – पाकिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुगेको छ

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

आज २०८२ साल असोज २ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज २ गते बिहीबार। आश्विन

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र