प्रदेश अब सुन्ने मात्र हैन, देखिने अवस्थामा पुगेको छ : मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

प्रदेश अब सुन्ने मात्र हैन, देखिने अवस्थामा पुगेको छ : मुख्यमन्त्री पोखरेल


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– मुख्यमन्त्री शङ्कर पोखरेलले थुप्रै चुनौतीको सामना गर्दै प्रदेश योजनाबद्ध विकासको यात्रामा अघि बढेको बताएका छन् । उनले आवधिक योजना निर्माण र कानून निर्माणमा प्रदेश नं ५ पहिलो भएको यस प्रदेशको विकास र समृद्धि सबैको साथबाट सम्भव रहेको बताए ।

प्रदेश स्थापनाको दुई वर्ष पूरा भएको अवसरमा प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यतामा शनिवार बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दैमुख्यमन्त्री पोखरेलले दुई वर्षमा प्रदेश सरकारले आफ्नो महत्वपूर्ण उपस्थितिको जग स्थापना गरेको बताए ।

उनले तीन तहको निर्वाचनपश्चात शून्य संरचनामा स्थापित प्रदेश सरकारले स्थापनाको छोटो समयमै सबैले सुन्ने र देख्ने गरी कार्यान्वयन गर्न सफल भएको बताए । उनले भने, “प्रदेश अब सुन्ने मात्र हैन, देखिने अवस्थामा पुगेको छ । जिल्लामा प्रदेश सरकारका मन्त्री र सचिव जाँदा शिलान्यास हैन उद्घाटन गर्ने अवस्थाको सिर्जना भएको छ ।”

उनले प्रदेश सरकार अन्तरराष्ट्रिय सम्बन्धको विकासका लागि प्रदेश र प्रदेशअन्तर्गतका विभिन्न स्थानीय तहले मित्रराष्ट्रका विभिन्न प्रान्त र शहरसँग भगिनी सम्बन्ध स्थापना हुनुले अन्तरराष्ट्रियस्तरमा प्रदेश र स्थानीय तह स्थापित हुन सफल भएको बताए ।

मुख्यमन्त्री पोखरेलले पर्यटनको विकास प्रदेशको विकासको एक महत्वपूर्ण क्षेत्र रहको बताउँदै पर्यटनको विकासका लागि सामाजिक, सांस्कृतिक, प्राकृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विकलगायत क्षेत्रको पहिचान गरी एकीकृत विकासमा सरकारले जोड दिएको बताए । उनले लुम्बिनी र यससँग जोडिएका सम्पदाको विकास, प्रवद्र्धनका लागि प्रदेश सरकारले यस वर्षलाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाइरहेको उल्लेख गरे ।

उनले प्रदेश सरकार जनतालाई स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँचका लागि प्रदेशका स्वास्थ्य संस्थालाई सुदृढ बनाउने कार्यको थालनी भएको बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ८ : २० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने