मेयरले टेबलमै चढेर सलामी लिएपछि चर्को आलोचना « Khabarhub

मेयरले टेबलमै चढेर सलामी लिएपछि चर्को आलोचना


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– बाग्लुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल यतिबेला सामाजिक सञ्जालमा चर्चामा रहेका छन् ।

उनी चर्चामा रहनुको कारण एउटा तस्वीर हो ।

लाइनै उभिएका आठ जना मध्ये मेयर पौडेल टेबलमाथि उभिएका छन् । सामाजिक सञ्जालमा भेटिने तस्वीरमा उनले सलामी दिइरहेको पाउन सकिन्छ ।

प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७६ को उद्घाटन समारोहमा प्रमुख अतिथि भएर गएका मेयर पौडेल मार्च पास गर्दैआएका खेलाडीलाई सलामी फर्काउन टेबुलमाथि चढेका हुन् ।

आयोजकको भनाईलाई मान्दै आफू टेवलमा चढेको उनले बताएका छन् तर सामाजिक सञ्जालमा भने उनको चर्को आलोचना भइरहेकोछ ।

केही महिना अघि पनि विभिन्न जनप्रतिनिधि पिर्के, टेबुले सलामी लिएका कारण आलोचनाको पात्र बनेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ९ : ४७ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु