चीनबाट फर्किएका विद्यार्थी मातृभूमि पुग्दा विमानस्थलमा देखिएको त्यो खुशी...  | Khabarhub Khabarhub

चीनबाट फर्किएका विद्यार्थी मातृभूमि पुग्दा विमानस्थलमा देखिएको त्यो खुशी… 


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट उद्धार गरिएका नेपालीहरुले काठमाडौंमा जहाज अवतरण गर्ने वित्तिकै खुशीयाली मनाए । उनीहरुले विमान अवतरण हुनासाथ ताली बजाएर एक-अर्काबीच खुशी साँटासाँट गरेका हुन् ।

वुहानबाट मातृभूमि आउन पाउँदा निकै खुशी लागेको विमानमा भएका विद्यार्थीहरुले जनाएका छन् । उनीहरुले चीनको उदास नेपाल पुग्दा खुशीयालीमा परिणत भएको बताएका छन्।

सरकारले वुहानबाट १ सय ७५ जना नेपालीलाई उद्धार गरेको हो । नेपाल फर्किनका लागि आवेदन भरेका १ सय ८५ जनामध्ये १७० जना विद्यार्थी, एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना बालबालिका नेपाल फर्किएको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।

अन्य १० जना चीनमै रोकिएका छन् । ६ जनालाई ज्वोरो आएको हुँदा नेपाल नल्याइएको र ४ जनाले नेपाल नफर्किने जनाएको दूतावासले जानकारी दिएको हो ।

आइतबार बिहान नेपाल अवतरण गरेका उनीहरु सबैलाई बसमार्फत भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ८ : २८ बजे

मन्त्रिपरिषद् बैठक : छानबिन समिति गठन गर्ने निर्णय

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी पुस्ताले गरेको प्रदर्शनमा

जेन-जीको आन्दोलनमा कहाँ चुक्यो सरकार ?

काठमाडौँ- एकातिर निजामती कर्मचारी विधेयकको कुलिङ पिरियड गडबडीमा दोषी देखिएका

गोली प्रहार गरेको अभियोगमा एकजना पक्राउ

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको

दिनभर जेन-जीको प्रदर्शन : कहाँ के भयो ?

काठमाडौँ– मलाई बोल्न दे सरकार, गणतन्त्र कहाँ छ, कसैलाई थाहा

वर्तमान सरकारको औचित्य पुरै समाप्त भयो : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सोमबार