मुख्यमन्त्रीले मदिरा खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल « Khabarhub

मुख्यमन्त्रीले मदिरा खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै कार्यकक्षमा मदिरा खाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा मुख्यमन्त्री गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्य मन्त्री कार्यालयमा नै मदिरा खाँदै गरेको भन्दै गुरुङको तीव्र आलोचनासहित कमेन्टहरु आएका छन् ।

भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर तथा राष्ट्रिय झण्डा राखिएको मुख्यमन्त्रीको टेबुलमै बसेर गुरुङले रेडलेबुल हुस्कीको चुस्की लिईरहेको देखिन्छ ।

नेकपाका गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरुङले टेवलमा राखिएको हुस्की हेर्दै हाँस्दै गरेको फोटो समेत बाहिरिएको छ ।

शनिबार एकाएक सामाजिक सञ्जालमा मुख्यमन्त्रीको भिडियो भाइरल भएसँगै उनको उनको व्यापक आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १० : २४ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली