बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना « Khabarhub

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो जीविकोपार्जनका आधार सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

जीविकोपार्जन पुनःस्थापना योजनाअन्तर्गत आयोजना प्रभावित व्यास तथा भिमाद नगरपालिका र म्याग्दे तथा ऋषिङ गाउँपालिकाका २२ कृषकलाई व्यावसायिक बाख्रापालन तालिम दिइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँसँगको सहकार्यमा सञ्चालित तालिममा सम्बन्धित क्षेत्रका विज्ञबाट बाख्रापालनको व्यावसायिक व्यवस्थापन, पशु स्वास्थ्य तथा हेरचाह, आयआर्जनका सम्भावना र वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो ।

आयोजनाले प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै हालसम्म ३८ वटा कार्यक्रम सञ्चालन गरिसकेको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए ।

ती कार्यक्रमबाट आयोजना प्रभावित परिवारका ७७६ जना लाभान्वित भएका छन् । आयोजनाबाट इलेक्ट्रिसियन, प्लम्बिङ, सिलाइकटाइ, मौरीपालन, बाख्रापालन, बङ्गुरपालन, तरकारीखेती, निर्वाहमुखी कृषि तथा हलुका सवारी चालकसम्बन्धी तालिमलगायत विभिन्न सीप विकास कार्यक्रम सञ्चालन गरिसकेको छ ।

आयोजनाको जीविकोपार्जन पुनःस्थापना योजनाअनुरूप प्रभावित परिवारको सीप विकास, आयआर्जनका अवसर विस्तार, वित्तीय साक्षरता तथा उद्यमशीलता  प्रवर्द्धनमार्फत आर्थिक आत्मनिर्भरता र दिगो जीविकोपार्जन सुनिश्चित गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ८ : ३६ बजे

कांग्रेस पदाधिकारीहरुको बैठक बस्दै

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक आज बस्दै

पासाङले चौँरीगोठमै भेटे विदेशभन्दा राम्रो अवसर

रसुवा- रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

दाङ- दाङमा पछिल्लो समय अण्डा उत्पादन बढ्दै गएको छ ।

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि

नेपाल प्रत्यायन केन्द्रको उद्घाटन

काठमाडौँ– सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका ‘नेपाल प्रत्यायन