उपत्यकाको पार्किङ व्यवस्थापनमा मन्त्री मानन्धरको चासो « Khabarhub

उपत्यकाको पार्किङ व्यवस्थापनमा मन्त्री मानन्धरको चासो


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाको पार्किङ व्यवस्थापनमा चासो व्यक्त गरेका छन् ।

आइतवार ट्राफिक प्रहरी प्रमुख भीम प्रसाद ढकालसहित सरोकारवालासँग छलफल गर्दै मन्त्री मानन्धरले उपत्यकाको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न निर्देशन दिए ।

ट्राफिक प्रहरी प्रमुख ढकाल, महानगर प्रहरीका प्रमुख धनपति सापकोटा लगायत वरिष्ठ अधिकारीहरु सहभागी कार्यक्रममा मन्त्री मानन्धरले उपत्यकामा तत्कालीन र दीर्घकालीन पार्किङको योजना बनाउन निर्देशन दिएका हुन् ।

‘उपत्यकामा पार्किङ अव्यवस्थित भयो,’ मन्त्री मानन्धरले भने,‘यसलाई व्यवस्थापन गर्न अल्पकालीन र दीर्घकालीन योजनाहरु आवश्यक छ ।’
सरकारले सहरी क्षेत्रको पार्किङ व्यवस्थापनका लागि कार्ययोजना बनाइरहेको बताउँदै राज्यमन्त्री मानन्धरले सहरी सुन्दरतालाई कायम राख्ने गरि कार्यक्रमहरु ल्याउने बताए ।

शहरमा खाली रहेका जमिनमा व्यवस्थित पार्किङ स्थल बनाउने बताउँदै मन्त्री मानन्धरले भने,‘उपत्यकामा खाली रहेका स्थानहरुमा व्यवस्थित पार्किङ स्थलहरु बनाइने र ति स्मार्ट हुने गरि निर्माण गर्ने गरि कार्ययोजना तयार हुनेछ ।’

बागमति, विष्णुमति कोरिडोरमा पार्किङको व्यवस्था गर्नुपर्ने मन्त्री मानन्धरको भनाइ थियो ।

चक्रपथ र चक्रपथ भित्र पार्किङको व्यवस्थापन सबैभन्दा महत्वपूण रहेको बताउँदै मन्त्री मानन्धरले भित्री शहरमा नागरिकलाई सहज हुने गरि पार्किङ व्यवस्थापन मिलाउन आग्रह गरे ।

उनले मालवाहक ट्रकहरुका लागिसमेत पार्किङ व्यवस्था मिलाउन सरोकारवालाहरुलाई निर्देशन दिए ।

मन्त्री मानन्धरले बालाजु र बसपार्क क्षेत्रमा पार्किङ अव्यवस्थित भएका कारण सर्वसाधारणले सास्ती व्यहोरेको भन्दै तत्काल समाधान गर्न ट्राफिक र महानगर प्रहरी प्रमुखलाई निर्देशन दिए ।

मन्त्री मानन्धरले कलंकीबाट गौशालासम्मको सडक खण्डलाई ट्राफिक मैत्री बनाइउनका लागि आवश्यक सुझाव दिन ट्राफिक प्रमुख ढकाललाई निर्देशन दिए ।

‘विस्तार भइरहेको चक्रपथलाई व्यवस्थित गर्न, ट्राफिक मैत्री बनाउन र दूर्घटना न्यूनीकरण हुने गरि कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसका लागि चक्रपथ सुधार आयोजनामा सुझाव दिनुहोला’ मन्त्री मानन्धरले ट्राफिक प्रमुख ढकाललाई निर्देशन दिँदै भने ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ३ : ३३ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल