क्वारेन्टाइनमा रहेकामा कोरोना जाँचका लागि नमूना संकलन गरियो « Khabarhub

क्वारेन्टाइनमा रहेकामा कोरोना जाँचका लागि नमूना संकलन गरियो


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको कोरोना (कोभिड–९) प्रभावित क्षेत्रबाट आइतबार विहान स्वदेश फर्काइएका १ सय ७५ जना नेपालीको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएको छ ।

संकलन गरिएको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले परीक्षणका लागि प्रयोगशाला पठाइएको नमूनाको रिपोर्ट बुधवार आउने बताए ।

सरकारले चीनबाट स्वदेश फर्काएका नेपालीहरुलाई दुई चरणमा कोरोनाको प्रयोगशालामा नमुना परीक्षण गर्ने जनाएको थियो।
सरकारले शनिबार नेपाल एयरलाइन्सको विमान चीन पठाएर आइतबार बिहान १ सय ७५ जना नेपालीलाई स्वदेश ल्याएको हो ।

चीनबाट स्वदेश फर्कीएकाहरु अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका छन् ।

उनीहरुमा कोरोना भाइरसको संक्रमण छ वा छैन भनेर पुष्टि गर्नका लागि क्वारेन्टाइनमा पुगेको २४ घण्टाभित्र पहिलो पटक नमुना परीक्षणका लागि पठाइएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट खटिएको प्राविधिकको टोलीले क्वारेन्टाइनमा सुरक्षितस रुपमा बसरीरहेका चीनबाट फर्किएका नेपालीको कोरोना परीक्षण गर्न थ्रोट स्वाब ( र्‍याल) को नमुना संकलन गरेको हो ।

चीनबाट स्वदेश फर्किएका नेपालीहरुलाई दुईसाता क्वारेन्टाइनमा राखेपछि उनीहरुको दोस्रो पटकल कोरोनाको प्रयोगशालामै परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालको भनाइ छ ।

दोस्रो पटकको परीक्षणमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि मात्र उनीहरुलाई आफ्नो घर फर्कन दिइने छ ।

दुईसातासम्म क्वारेन्टाइनमा रहेका नेपालीले हरेक दिन दुईपटक थर्मोमिटरको माध्यमबाट तापक्रम ( ज्वरो टेष्ट) जाँच गर्नुपर्ने जनाएको छ । जसका लागि सरकारले क्वारेन्टाइनमा रहेका सबैको व्यक्तिका लागि छुट्टाछुट्टै थर्मामिटर समेत उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ४ : ३३ बजे

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट