ललितपुर महानगरद्वारा फुटबल क्लब सम्मानित « Khabarhub

ललितपुर महानगरद्वारा फुटबल क्लब सम्मानित


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाले ललितपुर क्षेत्रका फुटबल क्लबलाई नगदसहित सम्मान गरेको छ ।

आइतबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गत वर्ष घोषणा गरे बमोजिम यस वर्ष ए डिभिजन, बी डिभिजन र सी डिभिजन क्लबलाई नगदसहित सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा ए डिभिजन क्लब थ्री स्टारले सबैभन्दा धेरै १६ लाख रुपैयाँ प्राप्त गरेको छ । ललितपुर महानगरपालिका ए डिभिजन क्लबलाई वार्षिक ४ लाख र नकआउट प्रतियोगितामा उपाधि जितेमा थप ४ लाख रुपैयाँका दरले रकम दिएको छ। थ्री स्टार वार्षिक ४ लाख र तीन नकआउट प्रतियोगिता जितेवाफत थप १२ लाख रुपैयाँ पाएको हो ।

यस्तै च्यासल युथ क्लबले दुई प्रतियोगिता जितेबापत ८ लाख र वार्षिक रकम ४ लाखसहित १२ लाख रुपैयाँ प्राप्त गर्‍यो । यस्तै एक प्रतियोगिता जितेको जाउलाखेल युथ क्लबले ८ लाख पायो भने फ्रेण्ड्स र ब्रिगेड ब्वाइज क्लबले ४ लाख प्राप्त गरे ।

यस्तै, महानगरपालिकाले बी डिभिजनका सातदोबाटो, पुल्चोक, खुमलटार र झम्सीखेल गरी ४ क्लबले ३–३ लाख रुपैयाँ प्रदान गर्दा सी डिभिजनका दुई क्लब सानेपा र खालीबारीले २–२ लाख नगदसहित सम्मान गरेको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : ०१ बजे

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी