बाँसबारीलाई हिमालयजको साथ « Khabarhub

बाँसबारीलाई हिमालयजको साथ


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक बी डिभिजन क्लब बाँसबारी क्लबलाई अराउण्ड द हिमालयज प्रालिले प्रायोजन गरेको छ।

आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि क्लबका अध्यक्ष प्रेम थापा र हिमालयजका कार्यकारी निर्देशक सुधारमन कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बाँसबारी र हिमालयजबीचको सम्झौता १ वर्षको रहेको छ। अराउण्ड दि हिमालयले बाँसबारीलाई १० लाख दिने भएको छ । बाँसबारीको टाइटल स्पोन्सरका रुपमा रहेको हिमालयजको लोगो खेलाडीको जर्सीमा समेत हुनेछ ।

बाँसबारीले टिमको मुख्य प्रशिक्षकमा युगल किशोर राई र सहायक प्रशिक्षककाे भूमिकामा निशान श्रेष्ठ रहेका छन

क्लबले २२ जना खेलाडी आवद्व गरेकाे अध्यक्ष थापाले बताए । उनले यो सिजनमा बाँसबारी क्लब ए डिभिजन लिगमा उक्लिने गरि तयारी गरिरहेकाे समेत बताए ।

बी डिभिजन क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको तयारीका लागि १० लाख दिने घोषणा गरेको छ भने काठमाडौं महानगरपालिकाले ३ लाख आर्थिक सहयोग गर्ने भएको छ।

ए डिभिजनमा उक्लिन सके अझै आर्थिक रुपमा बलियो बन्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताएका छन् । क्लबले यो सिजनका लागि ३५ लाख खर्च अनुमान गरेको छ। बी डिभिजन लिग फागुन ११ गतेदेखि शुरु हुँदैछ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : १७ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको