पौडेल हत्याका आरोपी ३ प्रहरीलाई प्रधान कार्यालय बोलाइयो « Khabarhub

पौडेल हत्याका आरोपी ३ प्रहरीलाई प्रधान कार्यालय बोलाइयो


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलका हत्या आरोपी तीन प्रहरीलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएको छ ।

मुठभेडका नाममा पौडेललाई पक्राउ गरेर मारेको आरोप लागेका प्रहरी निरीक्षक कृष्णदेव (केडी) साह तथा हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रलाई प्रधान कार्यालय फिर्ता गरिएको हो ।

उनीहरूसँगै २ नम्बरमा घुमुवाका रूपमा खटिएका अन्य पाँच जनालाई पनि फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयले स्रोतले जनाएको छ ।

तत्कालीन आईजीपी सर्वेन्द्र खनालले विशेष ब्युरोमा काज दरबन्दी कायम गरेर उनीहरूलाई प्रदेश २ अन्तर्गतका आठवटा जिल्लामा खटाएका थिए ।

उनीहरूबाटै गत असार ५ मा चन्द समूहका सर्लाही इन्चार्ज पौडेल सर्लाहीमै मारिएका थिए ।

दोहोरो मुठभेडमा पौडेल मारिएको दाबी गरिए पनि राष्ट्रिय मानवअधिकार आयोगले गत मंसिर ३ मा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै घटना मुठभेडबाट नभई हत्या गरिएको जनाएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ९ : १२ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको