सरकारले राम्रो काम गरिरहेको छ तर मैले बाँसुरी बजाएको मात्रै समाचार आउँछ : प्रधानमन्त्री « Khabarhub

सरकारले राम्रो काम गरिरहेको छ तर मैले बाँसुरी बजाएको मात्रै समाचार आउँछ : प्रधानमन्त्री


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको भन्दै गुनासो गरेका छन् ।

काठमाडौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही सञ्चारमाध्यमले फेरि पनि बाँसुरी नै बजाएको समाचार प्रकाशित गरेको बताए ।

आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अनर्गल प्रचार गर्ने गरिएको प्रति उनले दुखेसो पोखे ।

उनले भने, ‘कुनै कुनै सञ्चारमाध्यमले भोलि पनि बाँसुरी बजाएको न्यूज दिन्छन्, दया लाग्छ, देश विकास हुन लाग्दा पिर किन परेको त्यो छक्क लाग्छ । कुनै कुनै भन्ने शब्द प्रयोग गर्या छु । कुनै कुनै भन्ने शब्द बिर्सन्छन् अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काटेर पठाउँछन् । भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन् । यो फोटै छाप्दैनन् ।’

उनले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताए । सरकार देश विकासमा अघि बढिरहेका वेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो गरे ।

आफुले तुइन विस्तापित गर्छु भन्दै प्रगति पेस गर्दा सञ्चारमाध्यमले दार्चुला पुगेर भए पनि तुईनको फोटो खिचेर छाप्ने गरेको उनको भनाइ थियो

‘मैले देखेँ, एक जना बुद्धिजीवीले नधम्क्याउनुहोस् प्लिज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारेँ अरे। अनि मलाईचाहिँ यो बौद्धिकता देख्दा दया लाग्छ । देश विकास मजाक होइन । देश विकास आग्रह पुर्वाग्रहको विषय होइन । यो साझा अभिभारा हो, साझा कर्तव्य हो । हामी विकास गरिरहेका छौ भने खुसी हुनुपर्ने । तुइन विस्थापित भएकोमा रुवाबासी छ कतिको । अचम्म लाग्छ । दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन् । दुईवटा तुईन विस्थापित गर्न बाँकी छ त्यहाँ । कति दुख ग-या होला ? कठै बरी,’ प्रधानमन्त्रीले भने।

उनले काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत सुदृढीकरण र स्वचालित गर्ने काम रातिमा गरिने भएकाले त्यसले कसैलाई असर नगर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  २ : २६ बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा