काठमाडौं– बलात्कार आरोपमा सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लिबजार कारागारबाट रिहाइ हुँदा बाहिर शुभचिन्तकहरुको बाक्लो भीड लागेको थियो ।
उनी कारागारबाट रिहा भएपछि छोटो प्रतिक्रिया दिँदै महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे ।
उनले कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र मलाई शुभेच्छा प्रकट गर्ने सबैमा धन्यवाद व्यक्त गरेका थिए ।
डिल्लीबजार कारागारबाट रिहाइ हुँदा उनलाई डिल्लिबजार कारागरा बाहिर उनको भव्य स्वागत गरिएको छ । महराका परिवार र आफन्तसँगै नेकपाका नेता कार्यकर्ताहरु ठूलो संख्यामा कारागार अगाडि जम्मा भएका थिए । महरालाई उनीहरुले फूलमाला लगाइदिए ।
उनलाई आज काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलाशले सोमबार सफाइ दिएको थियो।
संसदकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप महरा असोज १९ गते पक्राउ परेका थिए ।
संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।
प्रतिक्रिया