जेलबाट छुट्नासाथ महरालाई प्रचण्डले दिए बधाई | Khabarhub Khabarhub

जेलबाट छुट्नासाथ महरालाई प्रचण्डले दिए बधाई


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कार मुद्दामा सफाई पाएका निवर्तमान कृष्णबहादुर महरालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।

डिल्लिबजार कारागारबाट रिहा भएलगत्तै अध्यक्ष प्रचण्डले फोन गरेर महरालाई बधाई दिएका हुन् ।

कारागार परिसर भित्रै बिदाइमा रहेका बेला महरालाई प्रचण्डको फोन आएको हो । फोनमा प्रचण्डले अदालतबाट सफाइ पाएकोमा बधाई दिएका हुन् ।

जेलबाट छुटेका महरालाई कडा सुरक्षाबीच उनको निवास लगेको छ । उनले यो प्रकरणमा भोलि पत्रकार सम्मेलन गरेर बोल्ने जानकारी दिएका छन्।

डिल्लीबजार कारागारबाट रिहाइ हुँदा उनलाई डिल्लिबजार कारागरा बाहिर भव्य स्वागत गरिएको छ । डिल्लीबजार कारागार बाहिर उनको स्वागतका लागि ठूलो भीड जम्मा भएको थियो ।

महराका परिवार र आफन्तसँगै नेकपाका नेता कार्यकर्ताहरु ठूलो संख्यामा कारागारअगाडि जम्मा भएका हुन्। महरालाई उनीहरुले फूलमाला लगाइदिएका थिए ।

रिहा भएपछि छोटो प्रतिक्रिया दिएका महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे । उनको स्वागतका लागि राष्ट्रिय झण्डासहित शुभचिन्तकहरु डिल्लिबजार कारागार पुगेका थिए ।

उनलाई आज काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ५ : ५६ बजे

संसदीय अभ्यासमा सुधारको आवश्यकता छ : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा राना मगरले संसदको प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ ।

संसद्लाई जनमुखी बनाउन आवश्यक : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी

पर्सामा लागूऔषधका ११४ मुद्दा दर्ता

पर्सा– पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ ।

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

तनहुँ– तनहुँको आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा विस्तार गरिएको छ ।