महाशिवरात्रिमा ‘साधु-सन्त’का लागि २४ लाख रुपैयाँ विनियोजन « Khabarhub

महाशिवरात्रिमा ‘साधु-सन्त’का लागि २४ लाख रुपैयाँ विनियोजन


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुठी संस्थानले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने साधुसन्तका लागि धुनी, खाना एवं दक्षिणा दिई बिदाइ गर्न रु २४ लाख बजेट विनियोजन गरेको छ ।

संस्थानको स्थापना भएदेखि नै महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने साधुसन्तको धुनी, खाना र बिदाइ स्वरुप दक्षिणाको व्यवस्थाको जिम्मेवारी पूरा गर्दै आएको छ ।

पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि औँसीसम्म धुनीका लागि दाउरा, खाना र बिदाइका बेला दक्षिणा दिने परम्परा रहेको संस्थान गोश्वारा कार्यालय पशुपतिका प्रमुख उमा आचार्यले जानकारी दिइन् ।

साधुसन्त आआफ्नो सम्प्रदाय अनुसारका अखडामा बस्ने गर्छन् । दुई हजारभन्दा बढी साधु सन्त पशुपतिमा आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फागुन ७ गते एकादशीदेखि साधुसन्त पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने संस्थानले जनाएको छ । औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्र नै साधुसन्त बस्न पाउने परम्परा छ ।

साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको सङ्कल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा पनि रही आएको छ ।

यस वर्ष एकादशीका दिन बिहान सवा दश बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गर्ने कार्यक्रम तय भएको पनि संस्थान पशुपति गोश्वारा कार्यालय प्रमुख आचार्यले बताइन् ।

सङ्कल्पमा लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणा हुन्छ । सङ्कल्प गरिएको सामग्री मूल साधुलाई दिइने गरिएको छ । यस वर्षको मूल साधु पनि एकादशीकै दिन तय हुने संस्थानले जनाएको छ ।

यसबाहेक कोषले पनि धुनी, खाना र बिदाइका लागि बेग्लै व्यवस्था गर्छ । कोष स्थापना हुनुअघि संस्थानले सबै व्यवस्था गर्ने गरेको थियो । प्रत्येक वर्ष महाशिवरात्रिमा पशुपतिमा भक्तजनको सङ्ख्या बढ्न थालेपछि स्थापनासँगै कोषले पनि साधुसन्तका लागि धुनी, खाना र बिदाइमा बजेट विनियोजन गर्न थालेको हो ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १० : ३० बजे

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि