आइपीएलको तालिका सार्वजनिक, चेन्नई र मुम्बईबीच पहिलो खेल « Khabarhub

आइपीएलको तालिका सार्वजनिक, चेन्नई र मुम्बईबीच पहिलो खेल


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।

आगामी मार्च २९ देखि मे २४ सम्म सञ्चालन हुने १३ औं संस्करणको आइपीएलमा पहिलो खेल चेन्नई सुपरकिंग्स र मुम्बई इण्डियन्सबीच हुने भएको छ ।

मुम्बई साविक बिजेता हो भने चुन्नई पनि सर्बाधिक सफल टिम हो । खेल मुम्बईको घरेलु मैदान वानखडे स्टेडियममा  हुनेछ ।

सबै टोलीले १४/१४ वटा खेल खेल्ने यो लिगको अन्तिम खेल मे १७ मा रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्सबीच नै हुनेछ । फाइनल खेल भने मे २४ मा वानखेडे स्टेडियममै हुनेछ ।

प्रतियोगितामा नेपाली क्रिकेटर सन्दीप लामिछाने अनुबन्धित दिल्ली क्यापिटल्सले मार्च ३० मा घरेलु मैदानमा किंग्स इलाभेन पञ्जावसँग खेल्नेछ ।

सनराइजर्स हैदरावादले यो सिजन अप्रिल १ मा मुम्बईसँग खेलेर आफ्नो यात्रा थाल्नेछ।  भने बैंग्लोरले मार्च ३१ मा कोलकाता नाइट राइडर्ससँग पहिलो खेल खेल्नेछ।यस सिजनमा हेरक आइतबार दुई खेल हुनेछन । अरु दिन एक खेल मात्र खेलाइनेछ ।

यसैकारण यस पटकको प्रतियोगिता अरु सिजन भन्दा ६ दिन अधिक अर्थात ५० दिन सम्म चल्नेछ । सबै खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजेदेखि सुरु हुने छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ९ : १४ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा