बेलायती सांसदलाई भारतमा अपमान, विमानस्थलबाटै देश निकाला « Khabarhub

बेलायती सांसदलाई भारतमा अपमान, विमानस्थलबाटै देश निकाला


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भारतले बेलायतकी एक महिला सांसदलाई दिल्ली एयरपोर्टबाटै देश निकाला गरेको छ ।

निजी भ्रमणका शिलशिलामा सोमबार दिल्ली आएकी बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलबाटै प्रवेशआज्ञा नदिई बेलायत नै फर्काएको हो ।

कश्मीरबाट धारा ३७० हटाउने भारत सरकारको निर्णयको चर्को आलोचना गर्दै आएकी अब्राहमको कटु आलोचकका रुपमा चिनिन्छिन् ।

विमानस्थलमा रोकेसँगै भारतले उनको भिसा समेत रद्द गरिदिएको बीबीसीले जनाएको छ । सांसद अब्राहम कश्मीर सम्बन्धी बेलायती संसदीय समितिका अध्यक्ष पनि हुन् ।

उनी सोमबार एमिरेट्स फ्लाइटबाट दिल्ली एयरपोर्टमा आइपुगेपछि एयरपोर्टका अधिकारीहरूले उनको भिसा चेकजाँच गरेका थिए । त्यसलगत्तै उनको भिसा अस्वीकार गरिएको थियो ।

उनको भिसा रद्दको कारणबारे केही पनि खुलाईएको छैन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ६ : ३३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना