विद्यालयमा हाजिरी नपुग्दा एसइई परीक्षाबाट बञ्चित « Khabarhub

विद्यालयमा हाजिरी नपुग्दा एसइई परीक्षाबाट बञ्चित


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनबाट वञ्चित भएका छन् ।

७५ प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

इकाइका प्रमुख केशवप्रसाद बुढाथोकीका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । वञ्चित हुनेमध्ये ५ जना धौलागिरि गाउँपालिका–२ को लमसुङ माविका छन् भने प्रकाश माविमा सञ्चालित खुला विद्यालयबाट एसइईका लागि आवेदन फारम भरेका ३० मध्ये ५ जनाको पनि हाजिरि नपुगेकाले अयोग्य भएका छन् ।

एसइईमा म्याग्दीबाट १ हजार १ सय ११ छात्रा र १ हजार १ सय ३१ छात्र गरी कूल २ हजार २ हजार ४२ परीक्षार्थी सहभागी हुने इकाइ प्रमुख बुढाथोकीले बताए । तीमध्ये २ जना दृष्टिविहीन विद्यार्थी पनि छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  १० : ५३ बजे

‘भजनमण्डली’को सकसबाट मुक्ति नपाएको सिंहदरबार!

हिटलरका तीन विशिष्ट साथी थिए । तिनकै सल्लाहमा उनी चल्थे

आहा ! एन्जेलिया, पर्यटक भन्छन्- यतै बसिरहूँ लाग्यो

इलाम– ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ ।

बीपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

काभ्रे– बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि

एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै

काठमाडौँ– नेकपा एमालेले आज सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरुसँग छलफल गर्दैछ