कमल थापाको दुखेसो : पूर्वराजा नजिकका मान्छेले दुःख दिए « Khabarhub

कमल थापाको दुखेसो : पूर्वराजा नजिकका मान्छेले दुःख दिए


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई पूर्वराजपरिवार नजिकका व्यक्तिबाटै दुःख दिने काम भइरहेको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह नजिकका केही व्यक्तितर्फ इंगित गर्दै राप्रपा अध्यक्ष थापाले दरबार वरिपरिकै मान्छेबाट दुःख दिने काम भइरहेको दुखेसो पोखेका हुन् । तर पनि राजा र राज संस्थासँग राप्रपाको दुरी नघट्ने उनको भनाइ छ ।

मंगलबार रुपन्देहीको बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, ‘राप्रपालाई दुःख दिन र कमजोर बनाउ राजदरबार वरिपरिकै मान्छेहरु लागिपरेका छन् । उनीहरुले नकरात्मक सोच राख्दैमा राजा र राजसंस्थासँग भने हाम्रो पार्टीको दूरी घट्दैन ।’

राजसंस्था र हिन्दू राष्ट्रप्रति अझै पनि जनतामा आस्था रहेको उल्लेख गर्दै अध्यक्ष थापाले राजा कुनै व्यक्ति र दल विशेषको मात्रै नभइ सबैको साझा हुने बताए ।

अध्यक्ष थापाले अहिले जनताले कम्युनिस्ट र कांग्रेसको विकल्प खोजेको उल्लेख गर्दै आगामी निर्वाचनबाट आफ्नो पार्टी तेस्रो शक्तिका रुपमा उदाउने पनि बताए ।

थापाले आगामी चुनावलाई लक्षित गर्दै देशभर संगठन विस्तारको कामलाई तीव्रता दिइएको पनि बताए । आउँदो चुनावसम्म देशभर ३ लाखको हाराहारीमा सक्रिय कार्यकर्ता बनाउने लक्ष्य रहेको थापाले सुनाए ।

राप्रपा अध्यक्ष थापाले पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा संयुक्तसँग पार्टी एकता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि बताए ।

अमेरिकी अनुदान सहयोग (एमसीसी)को विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै राप्रपा अध्यक्ष थापाले एमसीसी नेपालको हितमा रहेको बताए । प्रधानमन्त्रीले जनतालाई स्पष्ट जानकारी नगराउँदा एमसीसीबारे प्रश्नहरु उठेका थापाको भनाइ थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १२ : ५६ बजे

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा करिब तीन हजारजना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ