अब्दुल्लाहले अस्वीकार गरे राष्ट्रपतीय निर्वाचनको नतिजा | Khabarhub Khabarhub

अब्दुल्लाहले अस्वीकार गरे राष्ट्रपतीय निर्वाचनको नतिजा


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको निर्वाचन आयोगले गत सेप्टेम्बर महिनामा भएको राष्ट्रपतीय निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै बहालवाला राष्ट्रपति अशरफ घानी निर्वाचित भएको घोषणा गरेको छ ।

त्यहाँको स्वतन्त्र निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा घानीले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

खसेको कूल मतको ५०.६ प्रतिशत मत घानीले प्राप्त गरेको अफगानिस्तानको समाचार संस्था टोलोले जनाएको छ ।

अफगानिस्तानका बहालवाला प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले भने ३९.५२ प्रतिशत मत प्राप्त गरेका छन् ।

राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घण्टापछि अब्दुल्लाह अब्दुल्लाहले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गरेका छन् । उनले आफूले जीत हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा समावेशी सरकार गठन गर्ने बताएका छन् ।

निर्वाचन आयोगले चुनावी नतिजा सार्वजनिक गरेलगत्तै अब्दुल्लाहले विज्ञप्ति जारी गरी विवादित मतसम्बन्धी आयोगको निर्णय अवैधानिक रहेको र त्यो स्वीकार्य नरहेको स्पष्ट पारेका छन् । उनले चुनावी नतीजा प्रजातन्त्रको बिरूद्धको कदम हो र आफूले त्यसलाई स्वीकार्न नसक्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १ : १९ बजे

फर्निचर उद्योगमा आगलागी

झापा– झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको

संरक्षणको अभावमा पोखराको ‘गुँदे ताल’ (तस्बिरहरू) 

पोखरा- पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित