आईसीसीद्वारा अमेरिकी अलराउण्डर पटेलमाथि प्रतिबन्ध « Khabarhub

आईसीसीद्वारा अमेरिकी अलराउण्डर पटेलमाथि प्रतिबन्ध


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी लेफ्टह्याण्ड अलराउण्डर निसर्ग पटेललाई बलिङमा प्रतिवन्ध लगाएको छ ।

आईसीसीको स्वतन्त्र प्यानलले निसर्ग पटेलको बलिङ शैली ठिक नभएको ठहर गर्दै उनलाई तत्कालै लागू हुने गरी बलिङ प्रतिबन्ध लगाएको हो ।

काठमाडौंमा माघ २२ देखि २९ सम्म भएको आईसीसी विश्वकप क्रिकेट लिग २ मा ओमानविरुद्धको खेलमा उनले गरेको बलिङ नियमविपरित भएको आईसीसीले जनाएको छ ।

ओमान र अमेरिकाबीचको माघ २८ गते भएको खेलमा उनले गरेको बलिङ शैलीमाथि आईसीसीले शंका गरेको थियो । उनलाई आईसीसीको ‘इलिगल बलिङ रेगुलेसन अन्तरगत ४.७ अन्तरगत प्रतिबन्ध लगाएको हो ।

ओमानविरुद्धको उक्त खेलमा उनले ५२ रनको अर्धशतकिय इनिङ्स खेलेका थिए ।

अब उनी आईसीसीको टेस्टिङ सेन्टरमा रहनेछन् । जहाँ उनको बलिङ शैलीलाई आईसीसीको एक्सपर्ट प्यानलले हेर्ने छ । एक्सपर्ट प्यानलले इन्डिपेन्डेन्ट प्यानललाई उनको बलिङ शैली ठिक रहेको जानकारी जानकारी गराएपछि मात्र उनीमाथिको प्रतिबन्ध फुकुवा हुन सक्नेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ५ : ५० बजे

हलेसीमा भक्तको भीड (फोटो फिचर)

काठमाडौं – खोटाङ जिल्लामा रहेको प्रसिद्ध हलेसी महादेवको दर्शन गर्न

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्‍ने

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर