सञ्चारकर्मीले समृद्धिका पक्षमा कलम चलाउनुपर्छः मुख्यमन्त्री भट्ट « Khabarhub

सञ्चारकर्मीले समृद्धिका पक्षमा कलम चलाउनुपर्छः मुख्यमन्त्री भट्ट


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समृद्धिका पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

कैलालीमा भएको ‘समृद्धि प्राप्तिमा सञ्चारको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले शहरमा मात्र केन्द्रित नभएर ग्रामीण क्षेत्रका गुमनाम रहेका विविध मुद्दासमेत उठाउन सञ्चारकर्मीलाई आग्रह गरे ।

नयाँ राज्य व्यवस्थामा नयाँ तरिकाले सोच, व्यवहार, कार्यशैली देखाउनु जरुरी रहेका बताउँदै उनले भने, “सामूहिक जिम्मेवारीमा रहेकाले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुपर्छ ।”

मुख्यमन्त्री भट्टले अहिलेको व्यवस्थालाई कसरी समृद्धिको बाटोमा लैजान सकिन्छ भन्ने महत्वपूर्ण कुरा रहेको भन्दै उनले यो व्यवस्थालाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले राष्ट्रिय स्वाभिमान र हितका पक्षमा सञ्चार क्षेत्र प्रयोग हुनुपर्ने बताए ।

राजनीति र सञ्चार एकअर्काका परिपूरक शक्ति रहेको भन्दै उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वलाई साथ दिँदा समृद्धि आउँछ ।”

सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले राष्ट्रका पक्षमा सत्यतथ्य विश्वसनीय समाचार पस्किन आग्रह गरे ।

नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले सबै सम्प्रदायका मान्छेलाई एकताबद्ध गर्दै राष्ट्रिय एकताको भावना कायम गराउने काममा सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने सुझाव दिए ।

राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्य मालामतिकुमारी रानाथारुले मिडियाले दलगत भावनावाट मुक्त भई काम गर्नुपर्नेमा जोड दिएकी थिइन ।

प्रदेश सरकारका प्रमुख सचिव बालकृष्ण घिमिरे राज्यको चौथो अङ्ग पत्रकारिताले सबैलाई तोड्ने नभई जोड्ने काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १० : ४५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई