इरानमा पनि देखियो कोरोना, दुई जनामा संक्रमण भएको पुष्टि | Khabarhub Khabarhub

इरानमा पनि देखियो कोरोना, दुई जनामा संक्रमण भएको पुष्टि


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान- चीनको वुहानमा गत डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोना भाइरसको संक्रमण इरानमा समेत देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिइएको उक्त भाइरसको संक्रमण इरानमा पहिलो पटक दुई व्यक्तिमा देखिएको इरानी स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयको प्रतिवेदनमा इरानमा दुई जनामा कोरोना संक्रमण भएको र  उनीहरु कुन देशका हुन भन्नेबारे विस्तृत विवरण नखुलाइएको इरानी समाचार संस्था आईएसएनएले उल्लेख गरेको छ ।

मन्त्रालयका सूचना केन्द्रका प्रमुख कियानोस जहाँपुरलाई उद्धृत गरी आइएसएनएले भनेको छ,“पछिल्लो दुई दिनमा नयाँ कोरोना भाइरसका केही संदिग्द घटनाहरू पत्ता लागेका हुन् ।”

इरानको केन्द्रय प्रान्त कोममा ती विरामी भेटिएका थिए । उनीहरूलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै अस्पतालको एकान्त कोठामा राखी उपचार सेवा प्रदान गरिएको जोहानपुरले बताउनुभयो । चीनमा संक्रमण प्रकोपका रूपमा देखिएपछि इरानले यस पहिले नै विदेशबाट आउने विरामीलाई परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण चीनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट शुरु भएको यस भाइरसका कारण हालका केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनााएका छन् । केही दिनदेखि यो घटनाक्रम जारी रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ९ : ०५ बजे

दश महिनापछि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु 

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरू भएको

रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं- रुपन्देही क्षेत्र नम्बर ३ र मनाङ प्रदेशसभा (ख) को

कञ्चनपुरमा डुबानमा परेको परिवारको उद्धार

कञ्चनपुर– गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका

जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता

एजेन्सी – जुन महिनामा दुई लाख ३० हजारभन्दा बढी अफगानीले

सकियो सर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाइ

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा