तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको मृत्यु « Khabarhub

तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको मृत्यु


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बैंगलुरु– सवारी दुर्घटनामा परेर भारतमा ६ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।

भारतको सलिम–बैंगलुरु राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने ओमालुरमा दुर्घटना भएको भारतीय पत्रिका ‘द हिन्दू’ को अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।

कन्याकुमारीको दर्शन गरेर फर्किएका नेपालीहरु सवार मिनीबस दुर्घटनामा परेको जनाइएको छ । भारतीय प्रहरीका अनुसार नेपाली भक्तजन कन्याकुमारीको दर्शन गरेर बैंगलुरुतर्फ फर्किँदै थिए ।

कन्याकुमारीबाट फर्किने क्रममा नारिपल्लम भन्ने ठाउँमा एउटा मन्दिर नजिक आराम गर्न रोकिएको नेपाली भक्तजन चढेको बसलाई बैंगलुरुबाट आइरहेको एउटा निजी बसले ठक्कर दिएको जनाइएको छ ।

भारतीय प्रहरीले मृतक नेपालमध्ये ३ जनाको पहिचान खुलेको जनाएको छ । जसमध्ये ५६ वर्षीय गोपाल तामाङ, ६ वर्षीय विष्णु दाहाल र ५५ वर्षीय हितसरी चौधरी छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ११ : ५८ बजे

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार