सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई लेखा समितिको निर्देशन | Khabarhub Khabarhub

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई लेखा समितिको निर्देशन


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो ।

समितिका सचिव रोजनाथ पाण्डेका अनुसार अर्को निर्णय नहुँदा सम्म प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिइएको हो ।

त्यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाबारेमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जर्मन कम्पनीलाई ठेक्दा दिएर कमिसन लिन खोजिएको भनेर सांसदहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै साइबर अपराधको मुद्दा चलाउन निर्देशन दिने निर्णय भएको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १ : ५८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

आज २०८२ साल कात्तिक २९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते