यी हुन् सञ्‍चारमन्त्री बाँस्कोटासँग ७० करोड कमिशन डिल गर्ने मिश्र « Khabarhub

यी हुन् सञ्‍चारमन्त्री बाँस्कोटासँग ७० करोड कमिशन डिल गर्ने मिश्र


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटा एउटा अडियो प्रकरणका कारण चर्चामा छन् । समग्रमा भन्ने हो भने यतिवेला देशमा उनको व्यापक चर्चा भइरहेको छ ।

कारण हो, प्रधानमन्त्रीका सबैभन्दा निकट पात्र र सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले एक व्यक्तिसँग गरेको ७० करोड रुपैयाँ कमिसन को ‘सौदाबाजी’ ।

नेपालमा राजनीतिज्ञ, मन्त्री र सरकारकारी उच्च ओहोदामा रहेकाहरु भ्रष्टाचारमा लिप्त हुने गरेको भन्दै आरोप लाग्दै आएको छ ।

केही दिनअघि मात्र नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार सहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा उनीहरु विरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

त्यसको केही दिनपछि नै ‘भ्रष्टाचार गर्दिन र गर्न दिँन्न’ भन्ने प्रधानमन्त्री केपी ओलीका सबैभन्दा निकट पात्र एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको कमिसन बारे डिल गर्दै गरेको अडियो सार्वजनिक भएपछि आम मानिसमा राजनीतिक दलका नेताहरु माथिको आक्रोश थप चुलिएको छ ।

बाँस्कोटासँग कमिसन डिल गर्ने को हुन् ?

बुधवार राति सार्वजनिक भएको मन्त्री बाँस्कोटा र अर्का एक व्यक्तिबीचको कुराकानीको अडियो विहीवार(आज) विहान हुँदा भाइरल भइसकेको छ ।

स्वीस कम्पनीका केवीए नोटासिसका नेपाली एजेन्ट विजय प्रकाश मिश्रसँग मन्त्री बाँस्कोटाले गरेको कुराकानीमा ७० करोड भन्दा माथिको कमिसनको कुरा रहेको छ ।

सरकारले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद गर्ने प्रकयामा जाने निर्णय गत पुसको ७ गते गरेको थियो । त्यसका लागि सञ्चार तथा सूचना प्रविधी मन्त्रालयलाई रकम दिने निर्णय गरेको थियो ।

बैंक नोट, पासपोर्ट, स्मार्ट कार्डलगायतका कुरा नेपालमै छाप्नका लागि एउटा सेक्युरिटी प्रेस किन्ने तयारी सरकारले गरेको थियो ।

उक्त प्रिन्टिङ प्रेस किन्नका लागि फ्रान्स र जर्मन सरकारबाट प्राप्त प्रस्तावमध्ये उपयुक्त प्रस्तावलाई स्वीकार्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो ।

यसबारेमा संसदका सार्वजनिक लेखा समितिमा समेत कुरा उठिरहेको थियो । लेखा समितिमा सेक्युरिटी प्रिन्टिङ खरिदमा अनियममितता भएको भन्दै उजुरी पर्‍यो र समितिले पनि उजुरीमाथि छानवीन अघि बढायो ।

अहिले अडियोमा मन्त्री बाँस्कोटासँग डिल गर्ने विजयप्रकाश मिश्र पनि लेखा समितिको बैठकमा उपस्थित भएका थिए । उनी बैठकमा सुरक्षित मुद्रण विज्ञको रुपमा लेखा समितिमा उपस्थित समेत भएका थिए ।

सेक्युरिटी प्रिन्ट खरिद गर्दा आर्थिक अनियमितता भएको भन्दै लेखा समितिमा भनेका थिए । मिश्र मेसिनरी एन्ड सेक्युरिटी प्रिन्टिङ प्रालि नेपालका सञ्चालक हुन । तर उनले लेखा समिति बैठका भने आफू एक सचेत नागरिक भएको बताएका थिए ।

सरकारले शुरुमा फ्रान्सेली कम्पनीसँग खरिद गर्ने निर्णय गरेको भएपनि पछि जर्मन कम्पनीसँग मेसिन खरिद गर्ने तयारी गरेपछि स्वीस एजेन्ट मिश्रले आफूसँग मन्त्री बाँस्कोटाले गरेको कमिसनको कुराकानी बाहिर ल्याएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  २ : ४८ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई