मलाई बदनाम गर्न फोटोशप गरेर ‘न्यूड’ फोटो भाइरल गराइयो: सोनिका रोकाया « Khabarhub

मलाई बदनाम गर्न फोटोशप गरेर ‘न्यूड’ फोटो भाइरल गराइयो: सोनिका रोकाया


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – भिजे तथा मोडल सोनिका रोकायाले आफ्नो तस्वीरलाई फोटोशपबाट न्यूड (नाङ्गो) बनाएर आफ्नो बदनाम गर्न खोजिएको आरोप लगाएकी छिन् । पूर्वयुवराज पारससँग नाम जोडिएर चर्चामा आएकी सोनिकाको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उक्त तस्वीरमा सोनिकालाई न्यूड देख्न सकिन्छ । सोनिकाले भने कसैले प्रविधिको प्रयोग गरेर उक्त तस्वीर न्यूड बनाएर आफ्नो बदनाम गर्ने प्रयास गरेको आरोप लगाएकी छिन् ।

खबरहबसँगको सम्पर्कमा आएकी सोनिकाले आफ्नो भलो नचाहनेहरूले नै बारम्बार बदनाम गराउन खोज्ने गरेको दाबी गरिन् ।

‘म सकारात्मक रुपमा जीवन चलाउन खोजिरहेकी छु, तर अरुले खुट्टा तानिरहेका छन्,’ उनले भनिन् ।

मिडियाका कारण आफू २० किलो घटेको पनि रोकायाले दाबी गरिन् । मिडिया र सामाजिक सञ्जालमा आउने कमेन्टले आफूलाई तनाब थपेको उनको प्रतिक्रिया थियो ।

‘सोनिकाका कारण पारस र हिमानीको डिभोर्स हुने खालका समाचारले मेरो घरमा नै झगडा पर्‍यो,’ सोनिकाले भनिन्, ‘बुबा काङ्ग्रेसबाट अध्यक्ष हुनुहुन्छ, मलाई राजावादी भनेर सोच्न थाले ।’

सोनिकाले आफू पूर्वयुवराज पारससँग नजिक भएकाले कतिले राजावादी भएको आरोप लगाउँदै ‘माथि’ बाटै दबाब दिएको बताइन् ।

‘माथिबाटै मलाई दबाब आइरहेको छ, हुँदा हुँदा मेरो न्यूड पिक्चर बनाएर बदनाम गर्न खोजियो,’ उनले भनिन् ।

‘मलाई डोमिनेट गर्न, राजाको पक्षमा नबोलोस् भनेर यो सबै भइरहेको छ,’ उनको भनाइ थियो ।

आफूलाई राष्ट्रिय  स्तरबाटै दबाब आइरहेको सोनिकाको दाबी थियो । उनले आफूमाथि ‘राजनीतिक रुपमै गेम खेलिएको’ आरोप लगाइन् ।

पछिल्लो समय सोनिका म्युजिक भिडियोमा काम गरिरहेकी छिन् । यसका अलावा उनी युट्युबमा पनि सक्रिय छिन् ।

सोनिका र पूर्वयुवराज पारसको निकटतालाई लिएर गसिप बन्ने क्रम रोकिएको छैन । यसपटकको जन्मदिनमा त अझ सोनिकालाई पारसले हार नै उपहार दिएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ५ : ३९ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट