नेबिसंघको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेपको कांग्रेसद्वारा भर्त्सना « Khabarhub

नेबिसंघको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेपको कांग्रेसद्वारा भर्त्सना


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ७० करोड कमिसन प्रकरणलाई लिएर भ्रातृ संगठन नेपाल विद्यार्थी संघले गरेको विरोध प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेप निन्दाजनक भएको जनाएको छ ।

कांग्रेसले आज साझ विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संवैधानिक अधिकारमाथि राज्यले ठाडो हस्तक्षेप गरेको जनाएको छ ।

विज्ञप्तिमा लेखिएको छ– ‘घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।’

आज त्रिभुवन विमानस्थलको मूलद्वारमा नेविसंघका युवाहरुले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको कांग्रेसको आरोप छ ।

प्रहरीको हस्तक्षेपबाट रविन्द्र रोकाय, राकेश शिवाकोटी, विपिन बुढाथोकी, विष्णुहरि खड्का, अनिल खनाल, गोपी भण्डारी, विवेक उप्रेती लगायतका विद्यार्थीहरु घाइते भएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

विष्णुहरि खड्कालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको समेत कांग्रेसले जनाएको छ । घाइतेहरुको उपचारको व्यवस्था र गिरफ्तार विद्यार्थीलाई तुरुन्त रिहाई गर्न कांग्रेस माग गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ७ : २० बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र