शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिने | Khabarhub Khabarhub

शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिने


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाशिवरात्रिका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपतिनाथ दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

महाशिवरात्रिका लागि मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । नेपाललगायत विदेशबाट फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।

पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यसवर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए ।

दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागू पदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारबाही गर्ने उनले बताए ।

दर्शनका लागि पाँच वटा लाइन

यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक÷एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्य सचिव ढकालले राससलाई जानकारी दिए ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए ।

नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकाली लगायत स्थानमा व्यवस्था मिलाइएको छ ।

शिवरात्रिका पर्वमा पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ९ : ०२ बजे

बाम्का बजार आगलागी : पीडितलाई एक करोड राहत, पुनः स्थापनामा जुट्दै व्यापारी

धनगढी– बाजुराको बाम्का बजारका आगलागी पीडितका एक करोड बढी राहत सहयोग

नागार्जुनका मेयरलाई सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दाम ८ वर्ष सजाय, २६ करोड २५ लाख जरिवाना

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख (मेयर) मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरण

बीपीको शालिक अनावरण कार्यक्रम बहिष्कार गर्नेमाथि कारबाही गर्न शेखरको माग

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै समूहका नेताहरूले

एलजी नेपालले प्रस्तुत गर्‍यो ‘एफेक्सनेट इन्टेलिजेन्स’

काठमाडौं– एलजी नेपालले ग्लोबल इनोवेसनको अवधारणा एफेक्सनेट ‘इन्टेलिजेन्स’ लाई दुईदिने कार्यक्रममार्फत

शेखरले सभापति देउवालाई सोधे- के कारणले एमालेलाई सरकारको नेतृत्व सुम्पिनु भयो ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकवर्ष अघि नेकपा