डोलेश्वरदेखि कैलाशपतिसम्म दर्शनार्थीको घुइँचो | Khabarhub Khabarhub

डोलेश्वरदेखि कैलाशपतिसम्म दर्शनार्थीको घुइँचो


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर-आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ ।

आज मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा बिहान ४ बजेदेखि नै दर्शनार्थीको भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव विश्वराम थापाले जानकारी दिए ।

मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहान ४ बजेदेखि मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको र दर्शनार्थीका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

अन्यदिनमा मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि आज दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

दर्शनलाई सहज बनाउन सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालन गरिएको छ । मन्दिरमा लाइन बसेको आधा घण्टाभित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ । यस वर्ष एकलाख दर्शनार्थी आउने अनुमान गरिएको छ ।

भारतबाट आएका ४ सय साधुसन्तका लागि खाने बस्ने सुविधा मिलाइएको जानकारी दिँदै सचिव थापाले धुनी जगाउनका काठ उपलब्ध गराएको बताए ।

डोलेश्वर आउने साधुसन्त एवं बाबालाई समितिले एकएक थान धोती र कम्बल दिएको छ । यसैगरी फर्किने बेलामा उनीहरुलाई तहअनुसार एक हजार १००, एक हजार ३०० र एक हजार ५०० का दरले भेटी दिएर बिदाइ गरिने उनले बताए ।

सिपाडोलको प्रसिद्ध आशापुरी महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा दर्शनार्थीको भीड लागेको छ ।

त्यस्तै यता सूर्यविनायक नगरपालिका–१० चित्तपोलमा रहेको साँगास्थित अग्लो महादेवको रुपमा चिनिएको कैलाशपति महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यबस्था गरिएको र त्यसका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवक परिचालन भएको मन्दिरका व्यवस्थापक कमल जैनले जानकारी दिए ।

आज एक लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको, काठमाडौँ उपत्यका र काभ्रे, सिन्धुपाल्चोक र उपत्यका बाहिरबाट समेत आउनेका लागि सहज दर्शन, खानेपानी, चिया सर्वत एवं निःशुल्क भोजनको व्यवस्था गरिएको हिल टैंक होमका प्रमुखसमेत रहेका जैनले जानकारी दिए ।

त्यसैगरी सूर्यविनायक नगरपालिका भित्र रहेका गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डेश्वर, अनन्तलिङ्गेश्वर महादेव मन्दिरमा नि दर्शनार्थीको भीड लागेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ११ : ५४ बजे

राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल