सञ्चारमाध्यमले जनतामा आशा र नयाँ भावनाको सञ्चार गराउनुपर्छः मन्त्री पुन | Khabarhub Khabarhub

सञ्चारमाध्यमले जनतामा आशा र नयाँ भावनाको सञ्चार गराउनुपर्छः मन्त्री पुन


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सन्तुलनमा राख्ने कार्य सञ्चारमाध्यमको भएको बताएका छन् ।

उनले मुलुकमा समृद्धि र नेपाली जनताको अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सञ्चारमाध्यमले जनतामा आशा र नयाँ भावनाको सञ्चार गराउनुपर्ने बताए ।

पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित जनविद्रोहको परिवर्तित नाम ‘हाम्रोमत’ दैनिक पत्रिका तथा ‘हाम्रोमत अनलाइन’को सार्वजनिक गर्दै उनले हाम्रोमत पत्रिका आवाज बिहनीको आवाज बन्न सकोस् भनेर शुभकामना दिए ।

मन्त्री पुनले कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकालाई सन्तुलनमा राख्ने सञ्चारमाध्यम आलोचनात्मक हुनुपर्ने भन्दै मुलुकमा आर्थिक र सामाजिक रुपान्तरण गर्नमा पत्रपत्रिकाले आफ्नो भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारे ।

उनले जनताका आवाजलाई एकीकृत गरी पत्रिकाको माध्यमबाट पुनः जनतामाझ नै जाने सञ्चारमाध्यमले अब जनताको नयाँ भावना, आकाङ्क्षालाई बोक्नुपर्ने सुझाव दिए ।

मुलुकमा स्थिरता कायम राख्न र नेपाली जनताको लोकान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन सञ्चारमाध्यमको भूमिका अझ फराकिलो हुनुपर्ने भन्दै मन्त्री पुनले सञ्चारमाध्यमले पनि समयअनुकूल आफूलाई सुधार र परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको लक्ष्य र आकाङ्क्षलाई पूरा गराउन तथा विकास र समृद्धिको यात्रामा आफूलाई ठोस ढङ्गले जोड्न सुझाव दिँदै पत्रपत्रिकामा नकारात्मक मात्र होइन, सकारात्मक कुरालाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

नेपाली काँग्रेस प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले सञ्चारमाध्यमले जनताको मौलिक हक र अधिकारलाई स्थापना गराउन क्रियाशील रहनुपर्नेमा जोड दिए ।

समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य जयराम यादवले समाजमा सचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नयाँ प्रारुपमा आएको पत्रिकाले जनताका समस्यालाई उठान गर्न सफलताको शुभकामना दिए । नेपला पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले प्रेस कानून पत्रकारमैत्री बन्नुपर्ने धारणा राख्नुभयो । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले पत्रिका सधैँ नेपाली जनताको मन जित्न सफल हुने विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ६ : २८ बजे

बागवानीको आँप ५३ लाख बढीमा ठेक्का

सर्लाही– उष्ण प्रदेशीय बागवानी केन्द्र सर्लाही नवलपुरले ५३ लाख बढी

कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारी आन्दोलित

कर्णाली– ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१’ विभेदकारी भएको

अब्बल बन्दै चितवन कान्दाका चेपाङ बालबालिका

भरतपुर– चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न

यातायात कार्यालय बारामा आठ करोड २१ लाख राजस्व सङ्कलन

पर्सा– यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ

भवन जीर्ण हुँदा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समस्या

तनहुँ- तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता