नेपालमा दुर्घटना बढ्नुमा चालकको लापरबाही र असुरक्षित सडकः विश्व बैंक (रिपोर्ट सहित) « Khabarhub

नेपालमा दुर्घटना बढ्नुमा चालकको लापरबाही र असुरक्षित सडकः विश्व बैंक (रिपोर्ट सहित)


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बैंकले नेपालमा दुर्घटना बढ्नुमा चालकको लापरबाही र असुरक्षित सडक भएको जनाएको छ ।

विश्व बैंकले एक रिपोर्ट सार्वजनिक गर्दै  सुरक्षित सडक निर्माणको लागि एक खर्ब रूपैयाँ (८७९ लाख अमेरिकी डलर) लगानी गर्नुपर्ने  जनाएको छ ।

उसले सुरक्षित सडक निर्माण हुन नसक्दा हरेक वर्षेनी दुर्घटनाको जोखिम बढ्ने गरेको  रिपोर्टमा उल्लेख  गरेको छ । सन् २०१७-१८ मा नेपालमा प्रति एक लाख जनसंख्यामा ८.५९ प्रतिशतले सडक दुर्घटनामा ज्यान गुमाएको प्रतिवेदनमा जनाइएको छ ।

नेपालमा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत मानिस २६ वर्ष मुनिका रहेको र  कूल दुर्घटनामध्ये ६० प्रतिशत सवारी चालकको लापरवाहीले हुने गरेको प्रतिवेदनमा जनाइएको छ ।

विश्व बैंकले स्वीडेनको स्टक होममा आयोजना गरेको सडक तथा यातायात मन्त्रीहरू सम्मिलित विश्वस्तरीय तेस्रो कन्फ्रेन्समा ‘रोड सेफ्टिी इन साउथ एसियाः अपरच्युनिटिज् फर शेयर्ड रिजनल इनिसियटिभ्स’ प्रतिवेदन सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदनमा भुटान, बङ्गलादेश, भारत र नेपालमा सडक सुरक्षाको अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ।

विश्व बैंकले सार्वजनिक गरेको रिपोर्ट 

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ८ : ०६ बजे

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार

साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने